प्रतिक्रियावादी सत्ताको विकल्प र क्रान्तिकारी कार्यभार

प्रकाशित मिति:

सुमनसिंह पौडेल-यतिबेला मुलुक एक प्रकारको राजनीतिक अन्योलको उत्कर्ष बिन्दुमा छ । १० बर्से जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनलगायत आन्दोलनहरुको मर्मबोधसहित ती आन्दोलनहरुले दिएका जनादेशलाई संस्थागत गर्ने गरी जारी गरिएको भनिएको संविधान लगभग असफल भइसकेको छ । त्यसको कार्यान्वयन गर्ने जिम्मा पाएका संसद्वादी दल र नेताहरु भ्रष्ट, पतीत बन्न पुगेको स्थिति छ । सरकार, अदालत, कर्मचारी, सुरक्षाकर्मीहरुसमेत भ्रष्टाचारमा लिप्त बनिरहेका छन् । जनता र राष्ट्रको हितमा झिनो कामसमेत हुनसकेको छैन । सोही कारण राष्ट्रको समग्र परिवेश धेरै ठूलो निराशासहित अनिर्णयको भुङ्ग्रोमा पिल्सिन पुगेको छ ।  नेपाली जनताले दिएको आमूल परिवर्तनको जनादेशको मुख्य स्रोत जनयुद्ध हो । वार्ताको प्रक्रियामार्फत प्रचण्डलगायत तत्कालीन मुख्य नेतृत्वले बलिदानीसहित शिखर चुमिरहेको जनयुद्धलाई प्रतिक्रियावादीहरुको स्वार्थसँग गिजोलिदिए । शान्तिप्रक्रिया नामको षड्यन्त्रमार्फत संविधानसभाको निर्वाचनमा जनताहरुलाई सहभागी गराइयो । जनयुद्धको उत्साहपूर्ण जागरण र आशातीत मनोविज्ञान निवार्चनको प्रक्रियामा समेत माओवादीलाई सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनाएर अभिव्यक्त भयो । त्यसपछि विचारमा, आचरण–व्यवहारमा, प्रतिबद्धतामा माओवादी नेताहरु ध्वस्त बन्दै गएको दुःखद् पाटो छ । संसद्मा माओवादीहरुको बहुमत र सडक तताउन सक्ने माओवादी जागरण र मनोविज्ञान जिउँदो रहेसम्म संविधान निर्माण गरिएन । पटकपटक समयसीमा सार्दै पहिलो संविधानसभा विघटन गरियो । ताजा जनादेशमा जाने नाममा पुनः दोस्रोपटक संविधानसभा निर्वाचनको घोषणा गरियो । निर्वाचन भयो र त्यस निर्वाचनमार्फत प्रतिक्रियावादी दलालहरु सत्तामा आउने स्थिति बन्यो । संविधान उनीहरुको आफ्नै योजना र चाहनामा निर्माण गरे ।

यो स्वीकार्न सकिने विषय थिएन । त्यसैले मोहन वैद्यको नेतृत्वमा रहेको तत्कालीन ‘ड्यास’ माओवादीले बहिष्कारको नीति लियो र निर्वाचन बहिष्कारमा सहभागी बन्यो । दलालहरुमर्फत जनतालाई झुक्याएर विभिन्न प्रकारका षड्यन्त्रहरु भइरहे । त्यसै बेलादेखि प्रतिक्रान्तिकारी र संशोधनवादीहरुको उग्र षड्यन्त्रलाई चिर्दै क्रान्तिकारी प्रवृत्ति मूर्त, ठोस र सङ्गठित रूपमा अगाडि आयो । आज यही क्रान्तिकारी प्रवृत्ति वयस्क बनेर संशोधनवादी भ्रमको चिरफार गर्दै दलाल पुँजीवादीहरुको शोषणको मखमली शिविरमा व्यापक गोलाबारी गरिरहेको छ । यही क्रान्तिकारी प्रवृत्ति यतिबेला श्रमजीवी मजदुर, किसान, महिला, आदिवासी जनजाति, देशभक्त, राष्ट्रिय पुँजीपति वर्गलगायत उत्पीडितहरुको भरोसा र विश्वास बनेर उभिन पुगेको छ । यो आज नेपाल कम्युनिस्ट पार्टीका नाममा एकीकृत जनक्रान्ति कार्यदिशा निर्माण गरेर अगाडि बढिरहेको छ । यसको नेतृत्व महासचिव कमरेड विप्लवले गर्नुभएको छ । यतिबेलाको राष्ट्रिय निराशा र अत्यासलाग्दो परिवेश एकाएक उत्पन्न भएको होइन । त्यसैले यसको पृष्ठभूमितर्फ फर्किएर माओवादी आन्दोलनको उठान र त्यसको परिचालन, जनतामा आएको सुनामी जागरण, संसद्वादीहरुसँगको वार्ताप्रक्रिया, संविधानसभाको निर्वाचन, माओवादी नेताहरुको पतन, धोका र गद्दारी, दोस्रो संविधानसभा, संविधान जारी हुँदा र सबै हिसाबले प्रतिक्रान्ति र आत्मसमर्पणसम्म खोतल्नै पर्छ । यसो हुनाले प्रतिक्रियावादी दलालहरुको हातमा सत्ता सुम्पिएर दलाली गर्न पुगेका माओवादी नेताहरु, सामन्ती व्यवस्था मिल्काएर गणतन्त्रनामक भ्रम सञ्चालन गर्न सफल एमाले–काङ्ग्रेसका नेताहरु र विदेशीहरुले संसद्वादीहरुका बीचमा समीकरण परिचालन गर्न तयार गरेको मधेसवादी झुण्डहरुको बेइमानीका कारण आज मुलुकले यो दुर्दशा भोग्नु परिरहेको छ । यद्यपि नेपाली जनताका बीचमा आमूल परिवर्तनको चाहना, बलिदानीको मूल्य र प्रतिरोधी आवेग भने सेलाएको छैन, मरेको छैन । अब यही मनोविज्ञानको वरिपरिबाटै नेपाली जनताले समाधान पाउनुपर्छ, खोजिनु पर्छ । हाम्रो पार्टीले भनेको छ– नेपालको सत्ता दलाल पुँजीवादीहरुको हो । सत्ताको मुख्य चरित्र के हुन्छ भन्नेले त्यसका शाखाप्रशाखा र संयन्त्रहरुका व्यवहार र चरित्र निर्धारण गर्छ । यतिबेला तल्ला सामान्य स्तरका सत्तासंयन्त्रहरुले पनि दलाली, भ्रष्टाचार, कालोबजारी, माफियागिरी, ठगीजस्ता असामाजिक, जनविरोधी, गैरकानुनी व्यवहारको नेतृत्व गरिरहेका छन् । सबै तहमा यही छ । त्यो प्रधानमन्त्री तहसम्म देखिन्छ । त्यसैले यो असामाजिक, जनविरोधी सत्ताविरुद्ध नागरिकहरु विस्फोट हुने स्थिति बनेको छ । यो सामाजिक सञ्जाल हुँदै सडक र सरकारी दरबार वरपरसम्म फैलिएको छ । विश्लेषकहरु, बुद्धिजीवीहरु, युवाहरु, अधिकारकर्मीहरु, कलाकारहरु, कानुनविद्, व्यवसायी सबै आआफ्नो स्तरबाट वर्तमान दलाल सत्ताविरुद्ध खबरदारी गरिरहेका छन्, बोलिरहेका छन् । सत्ताभन्दा बाहिर त यो छँदैछ, भित्रै पनि एउटा स्तरका कर्मचारी र नेताहरु नै यो सत्ताको विकल्पका बारेमा बहस गरिरहेका छन् । घुमाउरो माध्यमबाट छलफलमा सहभागी भइरहेका छन् । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै हिसाबले अब यो दलाल पुँजीवादी संसदीय सत्ताको विकल्पमा नगइहुन्न भन्ने अवस्थामा मुलुक पुगेको छ । यस्तो अवस्थामा चर्चामा रहेका विकल्पहरु केके हुन् रु यसको सम्भाव्यता कति हो रु यो मुलुकलाई वास्तवमै स्वाधीन बनाउँदै समृद्धिमा लैजान बाधक शक्ति केके छन् रु यस विषयमा यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ ।

क क्रान्तिकारी विकल्प दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण पैदा भएको सामाजिक सङ्कट उत्कर्षमा पुगेपछि अब यसको विकल्प के हुन सक्छ भन्नेबारे बहस हुनु स्वाभाविक हो । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताको विकल्प दिँदै त्यसको प्राप्तिका निम्ति एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेको छ । सोहीअनुरूप ने।क।पा। सङ्घर्षमा छ । यतिबेला वर्तमान दलाल सत्ताकोे विकल्प वैज्ञानिक समाजवाद नै हो भन्ने विषय स्पष्ट भएको छ । विश्वमा हावी भएको निगम पुँजीवाद र यसका आम नकारात्मक प्रभावहरुले पुँजीवादको नाङ्गो विकृत पक्षलाई विश्वव्यापीकरण गरिदिएको छ । त्यसैले समाज विज्ञानमा पुँजीवादी दुनियाँको नकारात्मकताबाट उन्मुक्ति पाउनलाई वैज्ञानिक समाजवाद साम्यवादमा प्रवेश गर्नुपर्ने अनिवार्यताले नेपालमा वैज्ञानिक समाजवाद नै वर्तमान सत्तााको विकल्प हो भन्ने अधार प्रसस्त भएको छ र त्यो स्पष्ट छ । सोही कारण वैज्ञानिक समाजवादी सत्ता नै वर्तमान दलाल पुँजीवादी संसदीय सत्ताको विकल्प हो भन्ने कुरा स्थापित बनिसकेको छ । वैज्ञानिक समाजवादका विषयमा ठूलै बहस चलिरहेको छ । नेपालका वाम बुद्धिजीवी, विश्लेषक, माक्र्सवादी चिन्तक सबैका बीचमा यो स्वीकार्य विषय बनेको छ । तर त्यसको प्राप्तिका निम्ति कस्तो कार्यदिशा अवलम्बन गर्ने, कसरी गर्ने भन्ने विषयमा भने मतभिन्नता रहेको छ । वैज्ञानिक समाजवादी सत्ता स्थापनाका सन्दर्भमा वर्तमान दलाल पुँजीवादी सत्ताको विकल्प दिएर त्यसको प्राप्तिका निम्ति एकीकृत जनक्रान्ति कार्यदिशासँगै सजीव पार्टी, जनमुक्ति सेना र प्रविधिसहित अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टी नै अबको विकल्प हो भन्ने कुरा प्रस्ट छ ।  हामीले हेयौँ भने देशलाई पूर्णतः असफल बनाउने र विघटित गराउने स्थितिमा पु¥याउँदै लगेको देख्न सकिन्छ । २०७२ सालमा जारी गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था यही पछिल्ला २–३ वर्षको अन्तरालमै असफल बनेको छ । लामो युद्ध, राजनीतिक सङ्क्रमण र अढाइ सय वर्ष लामो विरासत बोकेको सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई समेत पल्टाउने राजनीतिक जागरणबाट यहाँसम्म आइपुगेको नेपाली समाज र आममनोविज्ञान स्वाभाविक रूपमा वर्तमान संविधान र सत्ताप्रति केही आश्वस्त थियो । तर वर्तमान सत्ताले जनअपेक्षाविपरीतका कामहरुलाई निरन्तरता दियो । त्यसैकारण जनता पूर्ण रूपमा निराश बन्दै यसको विपक्षमा उभिने स्थिति आयो । पुराना सडेगलेका नेतृत्व, विचार र त्यहाँभित्रको उत्साह पट्ट्यारलाग्दो र निराशाजनक छ । उनीहरुका कारण देश अगाडि बढ्न सकेन । त्यसैले त्यहाँबाट अब नेपाली जनताले आशा राख्न सक्दैनन् । त्यसैले यतिबेला युवा नेतृत्व, क्रान्तिकारी विचार र संस्कारको केन्द्रीकरण, जनमुक्ति सेनाहरुको लामबद्ध आकार, दृढ र प्रतिबद्ध युवाहरुको चलायमान पङ्क्ति नेपाल कम्युनिस्ट पार्टीमा भएका कारण नेपाल कम्युनिस्ट पार्टी नै अबको विकल्प हो । दलाल पुँजीवादलाई परास्त गरेर त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने अनिवार्यता र यस कुरालाई व्यवहारमा लागू गर्नसक्ने भौतिक र वैचारिक सक्षमता नेपाल कम्युनिस्ट पार्टीसँग मात्र भएकाले विकल्प नेपाल कम्युनिस्ट पार्टी नै हो ।

ख यथास्थितिवादी विकल्प-दलाल पुँजीवादी संसदीय व्यवस्था र संसद्वादी दलहरुलाई यथास्थितिवादी शक्तिका रूपमा लिनुपर्ने हुन्छ । संसद्वादी दलहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान २०७२ लाई यही नै उत्तम व्यवस्था हो र यो संविधानलाई संसारकै उत्कृष्ट संविधान भनिरहेका छन् । तर उनीहरुले भनेको र व्याख्या गरेको आधारमा यसको कार्यान्वयन पक्षसँगै यसले नेपाली जनतालाई प्रत्याभूत गराउनुपर्ने अधिकारको पाटोलाई हे¥यो भने शून्य प्रगतिमा छ । क्रान्तिकारी विचार र सङ्घर्षको माध्यमबाट वर्तमान सत्ताको चास्नी चाट्न पुगेका संशोधनवादी कम्युनिस्टहरु सारतः दलाल पुँजीवादी सत्ताको घोडा बनिरहेका छन् । उनीहरुबाट जनताले झिनो आशासमेत गर्न सक्ने स्थिति छैन । लामो राजनीतिक सङ्क्रमण, युद्ध र अनेकौँ घात–प्रतिघात सहेर यो अवस्थासम्म आइपुगेको नेपाली समाज यथास्थितिमा रहन चाहँदैन र यथास्थितिबाट जनताका समस्याहरु हल हुन्छन् भन्ने कुनै आधार छैन । वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थामार्फत अब देश एक कदम पनि अगाडि बढ्न सक्दैन । त्यसकारण यथास्थितिवादी धार अब यो मुलुकको सङ्कटको समाधान दिन सक्ने विकल्प होइन ।
ग  प्रतिगामी विकल्प  प्रतिगामी धार अर्थात् अहिलेको अवस्थाबाट मुलुकलाई पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने विचार, समूह र त्यस्ता झुण्डलाई प्रतिगामी धारका रूपमा लिनु पर्छ । नेपालमा प्रतिगामी धारका रूपमा लिँदा अहिलेको सन्दर्भमा राजसंस्थाको पुनर्बहाली गर्नुपर्ने तर्कसहित राजनीतिक गतिविधि गरिरहेकाहरुलाई हेर्नुपर्ने हुन्छ । के नेपालमा परम्परागत पारिवारिक सामन्ती राजसंस्थाको पुनर्बहाली सम्भव छ त रु त्यसको सम्भावना थोरै पनि छैन किनकि अब देश पुरानै अवस्थामा फर्कन सक्दैन । देशलाई अगाडि बढाउन आवश्यक राजनीतिक दृष्टिकोणसहितको नीति, कार्यक्रम र योजना चाहिन्छ । प्रतिगामी शक्तिहरुसँग त्यो छैन । उनीहरु परम्परागत पारिवारिक संस्थालाई अगाडि सार्न चाहन्छन् । वर्तमान दलाल सत्ताको सङ्कटको कारण निराश बनेका नेपाली जनता र विकल्प के हुनसक्छ भन्ने बहस तीव्र बनिरहेको बेला राजसंस्थाको विषयलाई चर्चामा ल्याउनु र विकल्पका रूपमा राजालाई अगाडि देखाउनु प्रतिगामीहरुको स्वाभाविक प्रतिक्रिया भए पनि त्यो सम्भव देखिन्न । नेपालमा अब प्रतिगमन सम्भव छैन र यो विकल्प पनि हुन सक्दैन ।

घ निकट सम्भावना  वर्तमान दलाल पुँजीवादी संसदीय सत्ताका कारण पैदा भएको सामाजिक सङ्कटको समाधान यथास्थितिमा रहेर सम्भव छैन भन्ने विषय स्पष्ट छ । त्यसो हुँदा यसको विकल्प अनिवार्य छ । अब यो व्यवस्थालाई खारेज गरेर नयाँ व्यवस्थामा प्रवेश गर्नुपर्छ भन्ने बुझाइप्रति आममा एकरूपता कायम हुँदै गएको छ । हाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नाममा सञ्चालित दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा अर्को व्यवस्था स्थापना गर्ने कुरा अनिवार्यजस्तै बनेको छ । यसलाई सम्भावनाको कोणबाट हेर्दा अब यो वर्तमान सत्ताको अन्त्य अकाट्य सत्यजस्तै बनेको छ । वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने कुरा नै वस्तुवादी हुने र त्यहाँबाट मात्र देशलाई अगाडि बढाउन सकिन्छ भन्ने तथ्यप्रति अब कुनै विवाद छैन । यद्यपि सत्ता सङ्कटका कारण उत्पन्न विकल्पका सम्भावनाहरुबारे फरकफरक धारणाहरु आएका छन् । तथापि नेपाली जनताको आममनोविज्ञान र उक्त मनोविज्ञानलाई सम्बोधन गर्नसक्ने वैज्ञानिक समाजवादको कार्यक्रम लिएर सङ्घर्ष गरिरहेको पार्टी नै विकल्प हुनेछ । तसर्थ आगामी सम्भावनालाई हेर्दा नेपाल कम्युनिस्ट पार्टी नै वर्तमान सत्ताको विकल्प हो ।  ङ आगामी भूमिका हामीले हाम्रो आगामी भूमिकालाई ध्यान दिँदा मुख्य कुरा वर्तमान सत्ताको सङ्कट, त्यसको विकल्पका रूपमा अगाडि आउन खोजेका विचार र शक्तिहरुको पहिचान, हाम्रो पार्टीप्रति सञ्चालित षड्यन्त्रका विषयमा जानकारी र त्यसका आधारमा हामीले खेल्नुपर्ने भूमिकालाई निक्र्योल गर्नुपर्छ । हाम्रो पार्टी स्थापना हुनु भनेकै दलाल पुँजीवादी संसदीय सत्ताको अन्त्यको सङ्केत थियो किनकि हामीले वैज्ञानिक समाजवादी सत्ताको स्थापना गरिछाड्ने सङ्कल्प गरेका थियौँ । सत्तासङ्कटले पैदा गरेको विकल्प चाहने मनोविज्ञान र त्यही मेसोमा जनताका बीचमा जबर्जस्त रूपमा उभिएको, स्थापित भएको हाम्रो पार्टीतिर जनताको विश्वास र भरोसा बढ्न थालेपछि संसद्वादीहरु अताल्लिन पुगे । उनीहरुले हाम्रो पार्टीलाई आफ्नो अन्त्य गर्ने शक्तिका रूपमा हेर्न र बुझ्न थाले जसकारण आत्तिँदै हामीमाथि प्रतिबन्ध लगाएर हत्या, गिरफ्तारीलाई तीव्र बनाए । यतिबेला राज्यदमन तीव्र छ । नागरिक हत्यामा राज्य उत्रिएको छ । गाउँगाउँमा राज्यआतङ्क छ । जनताको पार्टीलाई प्रतिबन्धित गरेर दलालहरुको वृत्तमा क्रान्तिकारी विकल्पलाई विषयान्तर गर्न ठूलै कसरत भइरहेको स्पष्ट देख्न सकिन्छ । पुँजीवादी दलालहरू पनि यथास्थितिबाट नेपालमा सम्भव देखिरहेका छैनन् । बिस्तारै बढ्दै गएको जनअसन्तोष नेपाल कम्युनिस्ट पार्टीको आन्दोलनमा मिसिने र ने।क।पा। ले पनि सोहीअनुसारको कार्यदिशा बनाएको बुझेका दलालहरु कसरी हुन्छ अर्को केही नयाँ विकल्प खडा गरेर आफ्नो सत्ताको रक्षा गर्न कम्मर कसेर लागेका छन् । हामीले एउटा प्रसङ्गलाई स्मरण गर्नैपर्ने हुन्छ– जतिबेला भारतमा इस्टइन्डिया कम्पनी भारतमा आफ्नो शासन चलाइरहेको थियो, त्यतिबेला भारतमा बेलायतीहरुले भारतीय स्वाधीनतामाथि गरेको अतिक्रमणका विरुद्ध त्यसबेलाका भारतीय नौजवानहरुले विद्रोह गरे । भगतसिंह, राजगुरु, सुखदेव, सुवासचन्द्र बोसहरुले कम्युनिस्ट क्रान्त्ीिकारी विचार र दृष्टिकोणसहित आन्दोलन गरे । संसद् चलिरहेको समयमा भित्रै गएर बम विस्फोट गराए । गोराहरुविरुद्ध भौतिक युद्ध लडे । युवाहरुलाई सङ्गठित गरे । सिङ्गो भारतमा विशाल जागरण पैदा भयो । तत्कालीन पुँजीवादीहरुको प्रबुद्ध समूह भारतमा कम्युनिस्टहरुले समाजवादी सत्ता स्थापना नगरून् भनेर जोरजुलुम योजना बनाइरहेको थियो । विश्वभर आएको समाजवादी जागरणको प्रभावका कारण भारतमा क्रान्तिका आधारहरु बनिरहेको सन्दर्भ थियो । त्यसबेला मोहनदास करमचन्द गान्धी अफ्रिकाबाट फर्किएर शान्तिपूर्ण आन्दोलन भनेर पुँजीवादी दृष्टिकोणसहित सङ्घर्ष सञ्चालन गरे । उनलाई पुँजीवादीहरुको सहयोग प्राप्त भयो । क्रान्तिकारी जागरण, उत्साह गान्धीको आन्दोलनतिर मोडियो । क्रान्तिकारी पार्टी र जागरण सुषुप्त बन्न पुग्यो । इस्ट इन्डिया कम्पनीले भारत छाड्यो तर पुँजीवादीहरु आफ्नो योजनालाई सफल पार्न सफल भए । भारतीय जनता पुँजीवादी शोषणबाट ग्रसित बनिरहे । यसरी हेर्दा पुँजीवादीहरु आफ्नो विरोधी विचार, आन्दोलनलाई ध्वस्त गर्न लागिपरिरहेका हुन्छन् ।

यतिबेला हामीले नेपालमा विकसित घटनाक्रमहरुलाई हेर्दा छिमेकी मुलुकको यो प्रसङ्गलाई पनि हेर्नुपर्ने हुन्छ । यतिबेला नेपालमा सत्ता सङ्कटका कारण उत्पन्न विकल्पको विषयलाई लिएर ठूलो चर्चापरिचर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी विकल्प हो भन्ने विषय विचार र आन्दोलनका दृष्टिकोणले पुष्टि हुँदै गएको छ । राष्ट्रघात, जनघात र प्रतिक्रान्तिविरुद्ध उठेको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने जागरण ने।क।पा। का कारण पैदा भइरहेको सन्दर्भमा दलाल पुँजीवादी संसद्वादीहरु ने।क।पा। विरुद्ध योजनाबद्ध लागिरहेका छन् । लाग्नसक्ने सम्भावना उत्तिकै हुन्छ । हामीले पछिल्लो अवस्थालाई हेर्ने हो भने यतिबेला सत्ताविरुद्धको मनोविज्ञान सडकमा पोखिइरहेको छ । पुँजीवादीहरुले हाम्रो आन्दोलनको प्रभाव, नेपाली जनताको मनोविज्ञान र जागरणलाई आफूअनुकुलको विकल्पतिर सोझ्याउन खेल्नसक्ने सम्भावनातर्फ पनि उत्तिकै सचेत हुन जरुरी छ । १९–२० औँ शताब्दीतिर एक देशले अर्को देशमा हस्तक्षेप, अतिक्रमण गर्न भौतिक रूपमा सेनाको उपस्थिति गराएर हस्तक्षेप गरिन्थ्यो । तर अहिले पुँजीवादीहरुले आफ्नो सैन्य कूटनीतिमा व्यापक फेरबदल गरेका छन् । नेपालमा यतिबेला उद्योग, व्यापारमा ठूलठूलो लगानी गरेर र नेपालको साधनस्रोतमाथि कब्जा जमाएर विदेशीहरुले आफ्नो उपस्थिति कायम राखेका छन् । नेपालमा भारतीयहरुको व्यापारमा प्रभाव, एनजीओ, आईएनजीओहरु, विभिन्न गैरसरकारी संस्थाहरुका नाममा आफ्नो हस्तक्षेपलाई कायम राखिरहेका छन् । नेपालको सरकारी निकायमै पनि विदेशी गुप्तचरहरुका निम्ति सूचना दिने र उनीहरुअनुकूलको काम गरिदिनेहरु रहेका छन् । सञ्चारहरुमा पनि विदेशी लगानी रहनु र नेपालका धेरै सञ्चारहरुमा वैदेशिक प्रभाव कायम रहेको स्थिति छ । धर्मका नाममा विभिन्न समूहहरु, संस्थानहरु खडा गरेर आफ्ना गतिविधिहरु गरिरहेका छन् । त्यसो हुँदा पुँजीवादी स्वार्थका निमित्त काम गर्नेहरुको ठूलो जालो नेपालमा छ र त्यो कुनैकुनै रूपमा समाजमा सामाजिक प्राधिकार निर्माण गरेर रहेको छ । उनीहरुलाई पुँजीवादीहरुले जतिबेला पनि प्रयोग गर्ने स्थिति छ । ती सबै संयन्त्रहरु क्रान्तिको विरोधमा प्रयोगमा आउने स्थिति छ । त्यसैले हामीले यो जालोलाई पनि विभिन्न तहबाट भत्काउँदै लैजानु पर्छ । हामीले ती सबै प्रवृत्तिहरुलाई ध्वस्त गरेर हाम्रो क्रान्तिकारी आन्दोलनलाई हाबी गराउनु पर्छ । क्रान्तिका विरुद्ध लाग्ने सबैखाले प्रवृत्ति, पात्र र समूह सङ्गठनविरुद्ध हामीले सशक्त भएर लाग्न जरुरी छ । क्रान्तिका पक्षमा निर्माण हुँदै गएको वातावरणविरुद्ध विभिन्न प्रकारका षड्यन्त्रहरु भइरहेका छन् । विभिन्नखाले विचार र विकल्पहरु अगाडि सारेर एकीकृत जनक्रान्तिको मूल पक्षविरुद्ध हमला गर्ने र क्रान्तिलाई कमजोर पार्नसक्ने विषयप्रति सचेत रहँदै हाम्रो पार्टीले अगाडि सारेको विचार, आन्दोलनलाई अगाडि बढाउन जरुरी छ । विकल्प नेपाल कम्युनिस्ट पार्टी नै भएका कारण जनतालाई विश्वस्त बनाएर दलाल पुँजीवादी सत्ताका सबै षड्यन्त्रलाई ध्वस्त गर्न जरुरी छ ।