गढीमाईबाट फर्किंदै गरेको पिकअप भ्यान महोत्तरीमा दुर्घटना

प्रकाशित मिति:

बारा/बारास्थित गढीमाई मेलाबाट यात्रु लिएर फर्किंदै गरेको पिकअप भ्यान महोत्तरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको १४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा धनुषाधाम घर भएका सकुन्तलादेवी महतो र भारत जयनगर घर भएका तनियादेवी महतोको मृत्यु भएको हो।बाराको गढीमाई मेलाबाट फर्किदै गरेको २ च ८८५५ नम्बरको यात्रुबाहक पिकअप भ्यान बुधबार बिहान अनियन्त्रित भई पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिको लक्ष्मिनीयाँमा सडकबाट तल खसेको हो।

बिहान २ बजे फर्किदै गरेको उक्त पिकअप विपरीत दिशाबाट आउँदै गरेको एक ट्रकले हेडलाइट डिम नगर्दा दुर्घटना भएको बर्दिबास इलाका प्रहरी कार्यालयले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ। यस्तै सामान्य घाइते १० जनाको उपचार बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ।दुर्घटना भएको पिकअपसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।