देवदहमा दोस्रो देवदह युथ आइकन हुने

प्रकाशित मिति:

रुपन्देही / देवदहमा दोस्रो देवदह युथ आइकन २०१९ हुने भएको छ । देवदह जेसिजको आयोजनामा युथ आइकन हुन लागेको हो । यही मंसिर २६, २७ र २८ गते आइकन संञ्चालन हुने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । युवाहरुको चौतर्फी विकासमा सहयोग  उद्देश्यले आइकनको आयोजना गरीएको कार्यक्रम संयोजक राजेन्द्र न्यौपानेले जानकारी दिनु भयो । न्यौपानेका अनुसार आइकनमा देवदहमा रहेका १२ वटा माद्यामिक विद्यालयहरुबाट ११ र १२ कक्षामा अध्यनरत विद्यार्थी मध्ये ४–४ जना गरी कुल ४८ जना विद्यार्थी छनौट गरीनेछ ।

छनौट भएका विद्यार्थीहरुलाई २ दिनको अनौपचारीक र ३ दिनको औपचारीक तालिममा सहभागी गराइने छ । तालिममा वाक कला, नेतृत्व विकास, क्षमता अभिवृद्धी, सामाजिक उत्तरदायीत्व लगायतका बिषय समावेश गरीएको देवदह जेसिजका अध्यक्ष केशर अधिकारीले जानकारी दिनु भयो । तालिममा सहभागी मध्ये समावेश भएका बिषयको आधारमा युथ आइकन छनौट गरीनेछ । युथ आइकनको उपाधि विजेताले १० हजार र उपविजेताले ५ हजार नगद प्राप्त गर्नेछन । आइकनमा सहभागीले कुनै शुल्क तिर्नु नपर्ने आयोजकले बताएको छ । आइकनका प्रतिस्पर्धीहरुलाई बिषयगत हिसाबले रमेश अर्याल, दिनेश खड्का लगायतले सहजिकरण गर्नुहुनेछ ।आइकन सम्पन्न गर्नका लागि करीब ४ लाख २० हजार खर्च अनुमान गरीएको आइकनका आर्थिक संयोजक केशवराज पराजुलीले जानकारी दिनु भयो । खर्च रकम बिज्ञापन र जेसिजका सदस्यहरुबाट व्यवास्थान गरीने उहाले बताउनु भयो । स्थानिय सरकार संग आर्थिक साहायताका लागि अपिल गरे पनि अझै सम्म कुनै जवाफ नआएको उहाले बताउनु भयो । उहाले आर्थिक साहायताका लागि सहयोग गरीदिन संञ्चारकर्मी संग आग्रह गर्नु भयो । आइकनको पहिलो सृङ्खला विजेता खगेन्द्र चापागाइले पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गर्नु भएको थियो । देवदहमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङ नेपाल जेसिजको बर्ष २०२० को कार्यकारी उपाध्यक्षको लागि प्रतिस्पर्धामा हुनुहुन्छ । पुषको ९, १०, ११ र १२ गते जेसिजको नया पदाधिकारीका लागि निर्वाचन हुँदैछ ।