प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु

प्रकाशित मिति:

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा केहीबेरअघि बैठक सुरु भएको हो ।अध्यक्ष प्रचण्डले कार्यकारी हैसियत प्राप्त गरेपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।

बैठकमा उपनिर्वाचनको समीक्षा, प्रधानमन्त्री ओलीको स्वास्थ्य लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।