छ माया छपक्कै’ अब घरमै बसेर हेर्न सकिने

१८ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
36 Shares


काठमाडौं / हलमा ५१ औँ दिन मनाउन सफल फिल्म ‘छ माया छपक्कै’अब डिश होममा प्रसारण भएको छ । डिस होमको च्यानल नम्बर १०८ मा म‍ंसिर १३ देखि प्रदर्शन भएको हो ।योसँगै अब टेलिभिजनका दर्शकले घरमै बसेर ‘छ माया छपक्कै’ हेर्न सक्नेछन् । हलको पहुँचमा नभएका दर्शकले यो फिल्म हेर्न पाउने भएका छन् ।व्यावसायिक रुपमा सफल यो फिल्ममा दिपकराज गिरी, केदारप्रसाद घिमिरे९माग्ने बुढा, जितु नेपाल९मुन्द्रे०, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । फिल्म हेर्नका लागि ग्राहकले रुपैयाँ ४२५ तिर्नुपर्ने हुन्छ ।

डिस होमको च्यानल नम्बर १०८ मा नयाँ तथा पुराना नेपाली फिल्महरू देखाइने गरिन्छ ।आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको यो फिल्म कार्तिक २४ गते फिल्म हलहरुमा प्रदर्शन भएको थियो । फिल्मले समीक्षकको समेत मन जितेको थियो । यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • वालिङ जेसीजद्धारा कोरोनकोषमा सहयोग हस्तान्तरण
  • प्रतापपुरको वडा न ७ द्वारा २सय २० घरधुरीलाई राहात बितरण
  • बर्दघाट नगरपालिकाको वडा न. १० का ६१ घरपरीवारलाई राहात बितरण
  • नेपाली कांग्रेस सप्तरीका युवा नेताहरु द्वारा सरकारसँग ७ बुँदे माग
  • बर्दघाट नगरपालिकाको वडा न. ८ मा राहात बितरण
  • फेसवुकमा कमेन्ट गरेको भन्दै मानन्धरलाई पक्राउ गरीएपछी नेविसंघ नेताहरुको विरोध…
  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…