भ्रमण वर्ष २०२० को लागि संयोजकमा निवर्तमान अध्यक्ष भवन भट्ट चयन

१८ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
47 Shares


गैरआवासीय नेपाली संघ  एनअनरएनएले नेपाल भ्रमण वर्ष २०२० को लागि संयोजकमा निवर्तमान अध्यक्ष भवन भट्टलाई आधिकारिक रुपमा चयन गर्दै पत्र पठाएको छ ।एनआरएनएको हालै काठमाडौंमा सम्पन्न नयाँ कार्यसमितिको बैठकले भट्टलाई संयोजकको जिम्मेवारी दिएको हो ।नवनिर्वाचित अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागिउनको संयोजकत्वमा एक समिति गठन गरेको संघका महासचिव डा। हेम राज शर्माले जनाए ।सरकारले गत वर्ष घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । संघले आफ्ना शाखामार्फत विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया