हिसान रुपन्देहीमा पौडेल निर्वाचित

प्रकाशित मिति:

झविन्द्र देवकोटा,

बुटवल, ४ असोज । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान रुपन्देहीको नवौ साधारण सभा तथा ५ औ अधिवेशन ले कृष्ण पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । निजी तथा संस्थागत विद्यालयहरुको छाता संस्था हिसानको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा दिनेश भूषाल, द्वितीय उपाध्यक्षमा मधुप्रकाश ज्ञवाली, सचिवमा पुष्प घिमिरे, कोषाध्यक्षमा तुल्सि सापकोटा र सहसचिवमा पुरुषोतम बस्याल लाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । यस्तै सदस्यहरुमा गोपाल न्यौपाने र राजेशराज पंगेनी , यम राना लाई चुनेको छ भने केही सदस्य क्षेत्रगत मीलाएर समितिको पहिलो बैठकले पछि मनोनयन गर्ने निर्वाचन समितिका सदस्य टुकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । हिसानका अध्यक्ष अनन्तराम शर्माको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले शिक्षामा गुणस्तरीयता र शैक्षिक विकासका लागि अहिले शिक्षा ऐन परिमार्जनको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा केन्दीय उपाध्यक्ष नवराज पाण्डे, महासचिव लोकबहादुर थापा, तिलोत्तमा क्याम्पसका प्रमुख, केन्द्रीय निर्देशक  प्रा डा आरसि आचार्य, प्यारामाउण्ड स्कुलका प्रिन्सिपल दामोदर भूषाल, सचिव लक्ष्मण ज्ञवाली लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिनु भएको थियो ।