विनोद खड्काको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

१८ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
84 Shares


बुटवल  –  गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्धारा अर्घाखा“ची सन्धिखर्कमा कार्तिक २० गते कार दुर्घटनामा परी घाईते भएका १९ बर्षिया विनोद खड्काको उपचारका लागि सम्पर्क समाजको तर्फबाट आर्थिक नगद रु २५००० घाईतेकि आमा रेनुका खड्कालाइ हस्तान्तरण गरेको छ । घाईते भएका विनोदको बुटवल स्थीत तिनउ ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।सहयोग हस्तान्तरण कार्यक्रममा चारपाला रुपन्देही सम्पर्क समाजका अध्यक्ष होमनाथ ज्ञवाली, उपाध्यक्ष उषा खत्री, सचिव विकास टण्डन

लागाएतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको सम्पर्क समाजका सचिव विकास टण्डनले जानकारी गराएका थिए । कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष ज्ञवालीले घाईते परिवारको मर्म बुझि आफुहरुले सम्पर्क समाजको तर्फबाट धर्म निभाएको बताउदै घाईते विनोद खड्काको उपचारमा जुट्न आग्रह समेत आग्रह गरेका थिए ।साथै सोहि अवसरमा गुल्मी दरवार गाउपालिकाका कुलेन्द्र टण्डन, सम्झना टण्डन थापा लगाएतले समेत रु १०५०० घाईते खड्काको उपचारका लागि हस्तान्तरण गरेको सम्पर्क समाजका सचिव विकास टण्डनले जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया