मह खानुअघि यी कुरामा होस पुर्याउनुस्

प्रकाशित मिति:

एजेन्सी–मह स्वास्थ्यका लागि एकदमै गुणकारी छ । यसको सेवनले शरीरमा स्फूर्ति र ताजापन उत्पन्न गर्छ । तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । किनभने अलिकति गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ । स्वास्थ्यसम्बन्धी जानकारहरूका अनुसार मह खाँदा यी कुरामा ध्यान दिनुपर्छ स्

१ मह अलि गरम वस्तु हो । यसलाई तातो खानासँगै खानुहुँदैन । तातो खानासँगै खाँदा झाडापखाला हुन सक्छ ।
२ चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ । यसले एक किसिमको छटपटी उत्पन्न गर्न सक्छ ।
३ महसँगै मुला खानुहुँदैन । यसले शरीरमा टाक्सिन बन्न थाल्छ ।
४ माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ । यसले शरीरमा नराम्रो असर गर्छ ।
५ घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन । यो शरीरका लागि बिष साबित हुन सक्छ ।