घरबाटै पक्राउ परे विप्लवका सिन्धुली इन्चार्ज

१९ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
23 Shares


सिन्धुली  –  नेत्रविक्रम चन्द विप्लवका सिन्धुली जिल्ला इन्चार्ज वर्तमान राई सशी कारागार चालान भएका छन् । जिल्ला अदालत सिन्धुलीले राईलाई पुर्पक्षका लागि कारागार राख्न आदेश दिएको हो ।

गत असोज २३ गते हरीहरपुरगढी गाउँपलिका २ बखपरस्थित घरबाटै पक्राउ परेका राईलाई चन्दा आतंक तथा सांगठीत अपराधमा मुद्धा चलाइएको थियो ।जिल्ला अदालत सिन्धुलीको आदेशअनुसार राईलाई पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंहले जनाए/अन्नपुर्ण पोस्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया