मलेसियन भेन्डरमाथि श्रम मन्त्रालयले लगाएको आरोप गलत पुष्टि : मलेसियन सरकार

प्रकाशित मिति:

क्लालम्पुर, मंसिर – मलेसिया आउने विदेशी कामदारको ल्याउन प्रक्रियाका विभिन्न काम गर्ने बेष्टिनेट कम्पनीमाथि श्रम मन्त्रालयले लगाएको आरोप गलत पुष्टि भएको छ।मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले बिहिबार यहाँको संसदमा नेपाल सरकारले बेष्टिनेट कम्पनीमाथि लगाएको आरोप झूट भएको अध्ययन समितिको रिपोर्ट पेश गरेका हुन्। ‘विदेशकी कामदार ल्याउने प्रक्रियामा सहभागि बेष्टिनेट कम्पनीमाथि लगाएको आरोप गलत भएको मन्त्रालयको अध्ययन समितिको निष्कर्ष छ’ कुलाले संसदमा भने।

सरकारका तत्कालिन श्रम, सामाजिक सुरक्षा तथा रोजगार मन्त्री गोकर्ण विष्टले १८ महिना अघि मलेसिया पठाउने कामदारको भिसा प्रोसेसिङ भीएलएन, बायोमेडिकल स्वास्थ्य परीक्षण, बायोमेट्रिक सुरक्षा जाँच र पासपोर्ट कलेक्सन गर्ने विभिन्न प्रक्रियामा सहभागी हुने मलेसियन सरकारका नेपाली भेन्डरमाथि गैरकानूनी र सिन्डिकेटको आरोप लगाएर ठगी मुद्दा चलाएका थिए। त्यस पछि नेपाल सरकारको आग्रहमा मलेसियन सरकारले अध्ययन गर्न एक समिति गठन गरेको थियो । उक्त समितिले नेपाल सरकारले नेपाली भेन्डरहरुमाथि लगाएको आरोप गलत भएको निष्कर्ष निकालेको हो। ‘विदेशी कामदारहरु ल्याउने प्रक्रियामा काम गर्ने बेस्टिनेट र त्यसका विभिन्न देशमा रहेका स्थानीय कम्पनीहरुले कुनै पनि गलत काम नगरेको पुष्टि भएको छ’ कुलाको भनाई उल्लेख गर्दै द मलेसियन ईनसाई डक कमले लेखेको छ। काठमाडौप्रेस वाट साभार