तेक्वान्दोमा नेपालले जित्यो १२ स्वर्ण

प्रकाशित मिति:

काठमाडौं, मंसिर –  नेपालले तेक्वान्दोतर्फ कुल १२ स्वर्ण जित्न सफल भएको छ। बिहीबार भुपेन श्रेष्ठले एक स्वर्ण जितेपछि नेपाले तेक्वान्दोमा स्वर्ण संख्या १२ पुर्‍यायो।
अन्तिम दिन ६ इभेन्टमध्ये एकमा मात्र स्वर्ण जितेपछि नेपालले २९ मध्ये १२ स्वर्ण आफ्नो नाममा पार्न सफल भयो। तेक्वान्दोको गेरुगी ९फाइट० अन्तर्गत भएको खेलमा अन्य तीनमा भने नेपाल रजतमा नै सीमित भयो।प्रतियोगितामा ८७ केजी मुनिको तौल समूहमा भुपेनले भारतका अक्षय हुडालाई २९–२७ ले पराजित गर्दै स्वर्ण जिते। भुपेनले जितेको स्वर्ण जारी तेक्वान्दोको १२ औं स्वर्णका रुपमा रह्यो। श्रेष्ठले प्रतियोगिताको अन्तिम स्वर्ण नेपाललाई दिलाउन पाउँदा खुसी भएको बताए।उनले अन्तिम स्वर्ण पनि नेपालको नाममा पार्न पाउनु आफ्नो लागि ऐतिहासिक भएको बताए। भुपेनले सागमा पहिलो स्वर्ण जितेको भन्दै आगामी दिनमा थप राम्रो गर्ने बताए।

मनिता शाही भारतकी मार्गरेट मारिया रेगीसँग १५–० ले पराजित भइन्। उनले सन् २००६ को कोलम्बो सागमा स्वर्ण जितेकी थिइन्। महिलातर्फ नै ६७ केजीमुनिको तौल समूहमा अप्सरा कार्की पनि भारतीय खेलाडीसँग नै पराजित भइन्।त्यस्तै, पुरुष ८० केजीमुनिको तौल समूहमा नेपालका किरणबहादुर आले पाकिस्तानका रब नवाजसँग ३३–७ को सहज अन्तरमा फाइनल गुमाउन बाध्य भए। यी हुन् तेक्वान्दोमा स्वर्ण जित्ने खेलाडी

१ कमल श्रेष्ठ
२सीना लिम्बु मादेन
३पार्वती गुरुङ
४आयशा शाक्य
५आयशा शाक्य र सञ्जिव कुमार ओझा युगल
६ दर्नाल स्वस्तिका तामाङ र सन्जिाल तिमल्सिना टिम इभेन्ट
७ निता गुरुङ, सुशीला राई र प्रशंसा क्षेत्री टिम इभेन्ट
८काजल श्रेष्ठ स्वर्ण
९वीरबहादुर महरा स्वर्ण
१०संगिता बस्याल
११सक्षम कार्की
१२भुपेन श्रेष्ठ