विद्यार्थीले गाउपालीका अध्यक्षलाई सोधे , ‘चमेनागृहमा गुणस्तरीय खाजाको व्यवस्था कहीले हुन्छ

प्रकाशित मिति:

स्याङ्जा  मंसिर ।सामुदायिक शिक्षा सुधारका लागि फेदीखोला गाउँपालिकाले आयोजना गर्दै आएको विद्यार्थीसँग अध्यक्ष कार्यक्रमको चौथो संस्करण वुधवार वडा नं। ३ स्थित जनप्रिय मावि, देउराली आधारभुत विद्यालय, जनमुखी आधारभुत विद्यालय, शारदा रमणीयडाँडा आधारभुत विद्यालयका विद्यार्थीहरु संग आयोजना गरिएको थियो ।विद्यालयमा विद्यार्थीका समस्या बुझ्न र शैक्षिक गुणस्तरीय सुधारमा नगरपालिकाले गर्नुपर्ने कामका वारेमा विद्यार्थी र शिक्षकहरुवाट जानकारी लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा त्यहाँका विद्यार्थीले चमेनागृहमा गुणस्तरहिन खाजा देखि सेनेटरी प्याडको वितरणमा व्यवस्थापकीय कमजोरी समेतको गुनासो गरेका थिए ।गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीसँग विद्यार्थीहरूको उत्साहजनक सवाल जवाफ भएको थियो । सो अवसरमा विद्यार्थीले समेत अनौठो अनुभूति गर्दै जिज्ञासु बनेर अध्यक्षका कुरा ध्यानपूर्वक सुने । र अध्यक्षले पनि विद्यार्थीका गुनासोका जवाफ र विद्यालयको व्यवस्थापकीय कमजोरीको तुरुन्त हल गर्न निर्देशन दिएका थिए ।सुरुमा जनप्रिय मा।वि कक्षा १२ की सृजना रानाभाटले गुनासो गरिन अध्यक्ष ज्यू विद्यालयको चमेना गृहमा पाईने खाजा गुणस्तरीय छैन, खाजाका कारण बारम्वार पेट दुख्ने समस्या झेल्दै आइरहेका छौ यसको समाधान गर्दिनु पर्यो, सृजनाले गुनासो राख्ने वित्तिकै सोही गुनासो अर्का कक्षा १० का अर्पन लामिछाने, पृथ्वी क्षेत्री, कक्षा १२ कि शर्मिला रानाभाटले भने हामी पनि त्यही समस्यावाट पीडित छौ यसको तत्काल समाधान चाहियो भनेका थिए ।

कक्षा ९ की सर्मिला रानाभाटले शौचालय नजिकै भएको हुनाले नाक थुनेर पढ्नुपर्ने बाध्यता रहेको गुनासो गरिन् । कक्षा १२ कि छात्रा रानाभाटले विद्यालयमा सौचालयको अभाव भएको भन्दै विद्यार्थीहरुको तहगत सौचालयको व्यवस्था हुनुपर्ने माग राखिन् । कार्यक्रममा अर्की कक्षा ११ कि संजीता अधिकारीले इन्टरनेटको सहि सदुपयोग नभएको गुनासो गरिन, कक्षा १० को अर्पन लामिछानेले नेपाली र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीलाई शिक्षकबाट समान व्यवहार नभएको गुनासो गरे । अंग्रेजी माध्यमको लागि शिक्षकले बढि प्राथमिकता दिइएको उनको गुनासो रहेको थियो ।कक्षा १० अप्सरा पोख्रेल सेनेटरी प्याडको व्यवस्थापन र वितरणमा कमजोर भएको बताइन् । कक्षा ८ का समिर रानाभाटले शिक्षकले सामान्य कुरामा समेत यातना दिने गरेकोले बाल मैत्री अध्यापन हुनुपर्ने माग गरे ।देउराली आ।मा कक्षा ३ मा अध्ययनरत सोमबहादुर मिजारले शिशु कक्षालाई पिङ, चिप्लेटीको व्यवस्था गरिदिन आग्रह गरे । जनमुखी आधारभुत विद्यालयका छात्र प्रतिक सुनारले विद्यालयमा घेराबार नहुँदा दुर्घटना हुने गरेको बताए । संगम रानाभाट कक्षा ३ शारदा रमणीय डाँडा आधारभुत विद्यालयका संगम रानाभाटले शिक्षकको उपस्थितीमा अनियमितता हुने गरेको बताए ।विद्यार्थीहरुको समस्या सुनिसकेपछि उठेका सवालहरुमा जवाफ दिदैं गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले १४ दिनभित्र चमेना गृहमा उल्लेख्य सुधार हुन नसके उक्त चमेना गृह बन्द गर्न वडा शिक्षा समितिलाई निर्देशन दिए ।साथै खानेपानीका लागि गाउँपालिकाले तत्काल बजेट विनियोजिन गरि युरोगार्ड सहितको पिउने पानी व्यवस्था गर्ने अध्यक्षले प्रतिबद्धता व्यक्त गरे । गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको भुमिकानै पहिलो हुने बताउदै अध्यक्ष सुवेदीले भने ‘जुन विद्यालयमा गतिला विद्यार्थी रहन्छन त्यो विद्यालयले सधै राम्रो नतिजा दिन सक्छ। अनुसासन र पढाइलाईसंगै लग्यो भने शिक्षा गुणस्तरीय बन्छ।’ तसर्थ विद्यार्थी अनुशासन र लगनशिलतामा रहनुपर्ने व्यवस्थापनको पक्ष र विद्यालयवाट गुणस्तरीय शिक्षाका विषयमा गाँउपालिकाले गम्भिर भएर कार्यक्रम बनाउने समेत उनले बताए ।वडा नं। ३ का वडा अध्यक्ष तथा वडा शिक्षा समिति संयोजक कृष्णबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । जनप्रिय माविका प्रधानाध्यापक रामप्रसाद शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार सुनाम, मानवअधिकार निगरानी समुहका संयोजक लेखनाथ पराजुली लगायतले बोलेका थिए ।हीमदुत वाट