घरमा रंग लगाउँदै हुनुहुन्छ : यी कुरामा ध्यान दिनुस्

प्रकाशित मिति:

एजेन्सी /घरको अलग अलग स्थानमा अलग अलग ग्रहले बास बस्ने धर्म शास्त्रले बताउँछ ।त्यसकारण ग्रहको लागि सही रंग प्रयोग गरेमा ग्रह शक्तिशाली हुन्छ । सही स्थानमा सही रंगको प्रयोग गरेमा मात्रै ग्रहको सन्तुलन हुन्छ र घरमा सुख शान्ति रहन्छ ।तपाईंले तपाईंको घरको कस्तो ठाउँमा कस्तो रंग प्रयोग गर्नुहुन्छ सावधान  गतल स्थानमा गलत रंग प्रयोग गरेमा ग्रह बिग्रने खतरा समेत हुन्छ । त्यसकारण घरमा रंग लगाउनुपूर्व यी कुराहरूबारे जानीराखौं स्

घरको मूल ढोकाको रंग कस्तो हुनुपर्छ ?

घरको मूल ढोकाले सूर्यसँग सम्बन्ध राख्छ । यस स्थानो रंग रातो र पहेंलो हुनु उपयुक्त हुन्छ । यस स्थानमा कालो रंगको प्रयोग गर्नु सबैभन्दा ठूलो गल्ती हो । किनकि यसमा कालो रंग प्रयोग गर्दा धेरै नोक्सानी हुन्छ । यस स्थानमा प्रकाशको उचित व्यवस्था हुनुपर्छ ।

घरको बस्ने कोठाको रंग कस्तो हुनुपर्छ?
यो स्थान चन्द्रमासँग सम्बन्धित छ । त्यसकारण बस्ने कोठाको रंग चम्किलो हुनुपर्छ । यस्तो स्थानमा सेतो रंगको प्रयोग गर्न सकिन्छ । हल्का पहेंलो, गुलाबी तथा बैजनी रंग यस स्थानमा लगाउन सकिन्छ । यस स्थानमा रातो र नीलो रंगको प्रयोग नगरेकै राम्रो हुन्छ ।

भान्साकोठामा कुन रंग उपयुक्त हुन्छ ?
यो स्थान मंगल तथा सूर्यसँग सम्बन्धित छ । यस स्थानमा सुन्तला तथा पहेंलो रंग प्रयोग गर्नु शुभ हुन्छ । यस स्थानमा सूर्यको प्रकाश आउनु आवश्यक हुन्छ भने यहाँ गाढा रंगको प्रयोग गर्नुहुँदैन ।

घरको शयनकक्षको रंग कस्तो हुनुपर्छ ?
यो स्थान शुक्र र शनिसँग सम्बन्धित छ । यस स्थानमा हल्का रंगको प्रयोग गर्नु उपयुक्त हुन्छ । यहाँ गुलाबी, हल्का हरियो तथा क्रीम रंग शुभ हुन्छ । यस सथानमा रातो र नीलो रंग प्रयोग गरे अशुभ हुने धर्मशास्त्रमा उल्लेख छ । यस स्थानमा हल्का प्रकाश हुनु जरूरी छ ।

बाथरूमको रंग कस्तो हुनुपर्छ?
यस स्थान राहु र केतुसँग सम्बन्धित छ । यस स्थानमा पानी रंगको प्रयोग गर्नु लाभकारी मानिन्छ । यहाँ नीलो र सेतो रंग प्रयोग गर्नु उपयुक्त हुन्छ । यस स्थानमा प्रकाशको पनि राम्रो व्यवस्था गर्नुपर्छ भने पानी पनि व्यवस्थित राख्नुपर्छ ।