अब फेसबूकको फोटो गूगलमा सार्न सकिने

प्रकाशित मिति:

एजेन्सी /फेसबूकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचरको व्यवस्था गरेको छ । अब फेसबूक प्रयोगकर्ताले आफ्नो फेसबूकमा भएको फोटो तथा भिडियो गूगल फोटोजमा सार्न सक्ने भएका छन् ।सन् २०२० बाट विश्वका सबै प्रयोगकर्ताबीच लागू गर्ने बताउँदै फेसबूकले यसको शुरूआत आयरल्याण्डबाट गरेको छ ।सन् २०१८ मा फेसबूकले घोषणा गरेको डाटा ट्रान्सफर योजना अन्तर्गत यो नयाँ टूललाई लिइएको छ ।

फेसबूकले यो फिचरको उद्देश्य प्रयोगकर्ताका लागि भिन्न तथा सबै प्रकारका सेवाबीच सुरक्षित तवरले एउटा एपबाट अर्को एपमा डाटा ट्रान्सफर गर्नु बताएको साप्ताहिकले लेखेको छ ।