बलात्कारका चार आरोपीलाई गोली हानी मारियो

प्रकाशित मिति:

हैदरावाद, मंसिर –  बलात्कारका आरोपीलाई भारतमा गोली हानेर मारिएको छ। भारतीय सुरक्षाकर्मीले इन्काउन्टरमा मारिएको जनाएका छन्। स्कुटी बिग्रिँदा बनाइदिने भन्दै २७ वर्षीया युवतीको आठ दिन अघि हैदरावदको गचिबौलीमा बलात्कारपछि हत्या गरिएको थियो। त्यसमा संलग्न रहेको आरोपमा आज बिहान चार जनालाई गोली हानेर मारिएको हो। भारतीय मिडियाका अनुसार, आज बिहान साढे ३ देखि ५ बजेको बीचमा हैदरावादभन्दा ५० किलोमिटर टाढा सदनगरको चतनपालीमा चार मारिएका हुन्। उनीहरू प्रहरीको इन्काउन्टरमा मारिएको जनाएको छ।भारतीय प्रहरीका अनुसार, मारिएका चारै जना युवतीको बलात्कारपछि हत्यामा संलग्न हुन्। उनीहरु मोहम्मद आरिफ, लोरीका चाल जोलु नभीन, जोलु शिभा र च चेन्नाकस्यभलु रहेका छन्। युवतीलाई बलात्कारपछि हत्या गरिएको ठाउँमा नै उनीहरुलाई पनि गोली हानी मारिएको छ। भारतीय प्रहरीले भने इन्काउन्टरमा मारिएको जनाएको छ।