स्वर्ण विजेताको चिन्ता अब भविष्य के होला

प्रकाशित मिति:

काठमाडौं । स्वर्ण जितेपछि विजय सिन्जालीले भने मैले मेरो मात्र होइन, बैदेशीक रोजगारीमा रहनु भएको बुवाको सपनालाई पनि साकार पारेको छु।  सोमबार उसुको थाउलोतर्पको इभेन्टमा स्वर्ण जितेपछि विजयका यि शब्दले सबैलाई आकर्षित ग¥यो। सानै उमेरदेखि उसु खेलमा लागेका उनले यो उपलब्धिका लागि भने १३औं सागनै कुर्नु पयो। ‘मैले खेल्न थालेको त धेरै वर्ष भयो उनले भने। उनको भनाई पत्याउन मुस्किल पर्छ। किनकि उनी भर्खर १९ वर्षको किशोर अवस्थामै छन्। तर, विजयले खेल्न थालेको १२ वर्ष भएको छ। अर्थात ७ वर्षदेखिनै उनी उसुप्रति लालायित भए।बुद्ध प्रकाश एसोक्वान, जोरपाटीबाट उसु सिक्न थालेका विजयको खास घर भने सिरहा हो। तर, उनी भने काठमाडौंमा नै जन्मिए र हुर्किए।विजयका बुवा बैदेशिक रोजगारीका लागि कतारमा छन्। बुवा विदेश बसेको पनि धेरै भइसकेको छ। तर, आउने जाने भइरहने उनले बताए।उनलाई स्वर्ण जितेपछि केहि परिर्वतन होला की भन्ने लागेको छ।

तर, उनलाई ठ्याक्कै थाहा छैन। थाहा छैन सरकारले के गर्छ तर केहि गर्ला की भन्ने आशा छ विजयले भने आफ्नो तर्फबाट गरेको प्रयासले सार्थकता पाउँदा खुशीको लागेको छ।’ उसो त सागमा उनको पदकका हिसाबले ठूलो सफलता भए पनि उनले १२औं सागमा रजत जितेका थिए।अब उनका लागि नयाँ लक्ष्य एसियन खेल हो। जहाँ उनी पुनस् एकपटक आफुलाई स्थापित गर्न चाहन्छन्। सागका लागि भनेर उनले ६ महिना अघिबाटै तयारी गर्दै आएका थिए। जसले गर्दा पनि उपाधि स्वभाविक लाग्छ।उनी उपाधिमा बुवा नन प्रसादलाई महत्वपूर्ण मान्छन्। उसो त पहिला उनलाई परिवारले खासै साथ दिएको थिएन्। तर जब उनले १२औं सागमा रजत जिते त्यसपछि परिवारले पनि धेरै सहयोग गर्‍यो।अहिले उनले सागमा स्वर्ण जितेपछि उत्साह थपिएको बताए। ‘मैले आफुलाई कहाँसम्म पु¥याउँछु भन्ने कुरा सोचेको छैन तर सक्दो खेल्छु उनले भने।अरु खेलाडीजस्तै उनलाई पनि भविष्यको चिन्ता छ। विजय भन्छन् खेलमा भविष्य सुरक्षित महसुस नहुँदा मनमा चिन्ता त हुन्छ नै। तैपनि खेलौं भने चाहानाले नै अहिलेसम्म मेहनत गरिरहेको छु। अब भविष्य के होला ।