फेरि कञ्चनपुरमा एक छात्रा (बालिका) बलात्कृत

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरमा १७ वर्षीया किशोरी कविता विष्ट र १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा एक छात्रा (बालिका) बलात्कृत भएकी छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् । कालिका मावि कक्षा २ मा अध्ययनरत बालिका विद्यालयको टिफिन समयमा बलात्कृत भएकी हुन् ।

कक्षा कोठामै बलात्कार भएको पीडित बालिकाको परिवारले बताए । बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट घर आएको बताइन् । ‘छोरी घरआएपछि भात खाइन् । भात खाएपछि सुतिन्,’ आमाले भनिन्,‘छोरीले पोल्यो भन्न थालेपछि छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि सोधेँ ।’ साथीको दाईले लडाएर बलात्कार गरेको छोरीले बताएपछि घटना थाहा पाएको आमाले बताइन् ।

आमाले प्रहरीलाई खबर गरेलगत्तै प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० वर्षीय बालकलाई पक्राउ गरेको छ । बालिकालाई साँझ करिब ६ बजे महाकाली अञ्चल अस्पताल लगिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।