स्याङ्जाको गल्याङमा पेट्रोल पम्प अनुगमन

प्रकाशित मिति:

स्याङ्जाको गल्याङ नगरपालिकाले गल्याङबजारमा रहेको पेट्रोल पम्पको अनुगमन गरेको छ । गल्याङ बजारमा रहेको बस्याल ब्रदर्श पेट्रोल पम्पमा अनुगमन गरी पेट्रोल तथा डिजेल परिक्षणका लागि पोखरा लगिएको छ । बिहीबार साँझ अनुगमनका लागि दुुुुुुुुुुुइ वटा जर्किनमा पेट्रोल र डिजल दुई दुइ लिटर संकलन गरिएको थियो ।
संकलन गरिएको डिजल तथा पेट्रोलको परिक्षणका लागि आज नेपाल आयल निगमको प्रादेशिक कार्यालय पोखरामा पठाइएको छ । परिक्षणका लागि भैरहवा वा पोखरा पु¥याउनुपर्ने भएकाले संकलन गरिएको पेट्रोल तथा डिजललाई शिलबन्दी गरी पोखरा पठाइएको गल्याङ नगरपालिकाका प्रमुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुुुुुुुुुुुुुभयो । नियमित अनुगमनको प्रक्रिया अनुसार अनुगमन गरिएको अनुगमन समितिका संयोजक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।