छोराले गरे बाबुआमाको हत्या

प्रकाशित मिति:

रुपन्देही -रुपन्देहीको ओमसतिया ४ मा छोराले बाबु आमाको हत्या गरेका छन् । गोरख यादवले आफनै घरमा धारिलो हतियार प्रहार गरि बुवाआमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ । कान्छो छोरा वर्ष २८ को गोरखले खुर्पाले हानेर शुक्रवार बिहान घरको कोठाभित्र ७२ वर्षीय बुबा राम नारायण यादव र ७० वर्षीय आमा थागना यादवमाथी धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि नारायणको घटनास्लमै मृत्यु भएको थियो भने थागनाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचारको क्रममा ज्यान गएको जिला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले बताए । मानसिक सन्तुलन ठीक नभएकाले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गोरख नियन्त्रणमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ, उनले भने ।