एक अनौठो स्वास प्रस्वास प्रक्रिया ‘सुदर्शनकृया’

प्रकाशित मिति:

काठमाडौं । विस्व चर्चित अध्याध्मिक संस्था ‘द आट अफ लिभिङ’ को ‘सुदर्शनकृया’ नामक श्वास प्रश्वास प्रक्रिया केही वर्ष देखि योग र अध्यात्मको दुनियाँमा निकै चर्चित र लोकप्रिय हुन थालेको छ। उक्त संस्थाका संस्थापक विश्व चर्चित आध्यात्मिक गुरु श्री श्री रविशङखरले सुरु गरेको उक्त श्वास प्रस्वासको प्रक्रिया ‘द आट अफ लिभिङ’लए चलाउने ‘ह्यापिनेस्स कार्यक्रम, एस प्ल्स ‘ आदि जस्ता कार्यक्रमहरुमा सिखाइने गरिएको छ ।

नियमित ‘सुदर्शनकृया’को अभ्यासबाट विभिन्न सारिरिक, मानसिक रोग तथा समस्या कम भइ नौलो र अनौठो तथा आनन्दको अनुभव हुने गरेको येस्का अभ्यासकर्ताहरुले बताउने गरेका छ्न । साथै यस प्रक्रिया माथी भारत लगायत विस्वका विभिन्न मुलुकहरूमा येस्को फाइदा बेफाइदाको अनुसन्धान हुने गरेका छ्न ।सन् २००९ मा हार्वड मेडिकल स्कुलले गरेको खोजमा सुदर्शनक्रियाले ‘एन्जाइटि’ र ‘डिप्रेसन’ हटाउन प्रभावकारी भुमिका खेल्ने कुरा पता लागेको छ। उक्त खोजको निचोडमा सुदर्शनक्रियाले मस्तिष्कलाई निकै फाइदा पुर्याउनुका साथै येस्को साइडइफेकट पनि नहुने उल्लेख छ ।

विभिन्न खोजहरुले देखाएको सुदर्शनक्रियाका लाभहरु
१।येस्ले प्राण उर्जा बढाउनुका साथै रोगविरुद्ध लडने प्रतिरोधात्मक शक्ति समेत बढाउछ
२।मुटुको क्यान्सर, र्ह्य्दय घात लगायतका घातक मुटु रोग हुनबाट बचाउछ
३। दिमाग सान्त राख्छ
४।डिप्रेसन, एन्जाइटि लगायत मानसिक समस्या हल गर्न प्रभावकारी भुमिका खेल्छ
५।शरीरमा उर्जाको कमि हुन दिदैन
६।सकारात्मक तथा रचनात्मक विचार ल्याउन मद्दत गर्छ
७।कोलेस्तट्रोल घटाउछ
८।रक्तप्रवाह प्रक्रियामा सुधार ल्याइ रक्तचाप घटन वा बढन दिदैन
९।श्वास प्रस्वास प्रक्रियामा सुधार ल्याउछ
१०।सकारात्मक सोचको विकासमा महत्वपूर्ण भुमिका खेल्छ