जीपी कोइराला फाउण्डेशनको पर्सा जिल्ला कार्य समिति विस्तार

प्रकाशित मिति:

वीरगंज, मंसिर । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईराला नाममा स्थापित जीपी कोइराला फाउण्डेशन पर्साले शुक्रबार जिल्ला र्कायसमिति विस्तार गरेको छ ।जिल्ला र्काय समितिको बसेको बैठकले नगर वडा कार्यसमिति तथा जिल्ला कार्य समितिको रिक्त पदको चयन गरेको छ । जीपी फाउण्डेशनका जिल्ला अध्यक्ष मोहम्मद शहाबुदिनको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय जिल्ला र्काय समितिमा ३ जना र वीरगंज महानगरको नगर अध्यक्ष चयन गरिएको छ ।

जी पी कोईराला फाउण्डेशन जिल्ला कार्य समितिमा ठाकुर राम बहुमुखी क्यामपसका शिक्षण सहायक सन्तोष सिंह, बाबुनन्दप्रसाद पटेल, मुकेश रौनियार रहेका छन भने महानगरको नगर संयोजकमा अकाश चौहानलाई चयन गरिएको जीपी कोइराला फाउण्डेशनका जिल्ला कोषाध्यक्ष मनोहर साहले जानकारी दिनुभयो ।बैठकमा वीरगञ्ज महानगरसंगै जिल्ला भरि नै फाउण्डेशनको र्काय समितिको बिस्तार गर्ने साथै मसिंर २७ गते विहान ८ बजे देखि वीरगंजको घण्टाघरमा खुल्ला रक्तदानको र्कायक्रमको आयोजना गरिएको फाउण्डेशनले जनाएको छ ।पदस्थापन र्कायक्रमका सभापतित्व मोहम्मद शहाबुद्दिनले गर्नु भएको थियो भने र्कायक्रम र्कायसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।