परियोजना लगानी साझेदारी सम्बन्धि गोष्ठी सम्पन्न

प्रकाशित मिति:

PFAN को आयोजना र चितवन उद्योग संघ तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजनामा चितवनका उद्योगीहरुका बीच एक विशेष गोष्ठी सम्पन्न भएको छ । PFAN का नेपाल संयोजक सुजन पौडेलको विशेष प्रस्तुतीकरण रहेको उक्त कार्यक्रममा वातावरण संरक्षण तथा उर्जा क्षेत्रमा काम गर्ने उद्योग र परियोजनाहरुको क्षमता विस्तार गर्ने प्रयोजन लगानीमा विशेष साझेदारी गर्न सकिने जानकारी गराईको थियो ।
वातावरणमैत्री निर्माण सामग्री उत्पादक संघका महासचिव अर्जुन भट्टको समेत प्रस्तुती रहेको उक्त कार्यक्रममा उद्योगीहरुले उद्योग क्षेत्रमा विदेशी लगानी भित्र्याउने सम्बन्धमा जिज्ञासा राखेका थिए।

कार्यक्रममा उद्योग लागि लगानीका माध्यमबाट वैदेशिक पूजी जुटाउन PFAN ले आवश्यक परामर्श र सहयोग गर्ने समेत जानकारी गराइएको थियो ।उक्त कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेष राज दवाडी, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, प्रतिभा श्रेष्ठ, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, ताराबहादुर कार्की, गजेन्द्र अधिकारी, जितबहादुर हमाल, युग राज वस्ती, गोपालप्रसाद गैरे, डा.प्रमोद लामिछाने, हरिप्रसाद भट्ट, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरे, संघका इभेन्ट सुपरभाइजर दिपक दुवाडीलगायत उद्योगीहरुको उपस्थिति रहेको थियो ।