विप्लव नेतृत्वको कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ

२० मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
28 Shares


संखुवासभा – संखुवासभाको पाँचखपन नगरपालिका ४ जलजलाको पोख्राङ्गबाट विष्फोटक पदार्थसहित सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेको छन्। प्रहरीले चैनपुर नगरपालिका ५ का यामप्रसाद गौतमलाई पाँचखपन ८ जलजलाबाट पक्राउ गरेको जनाएको छ। विप्लव कार्यकता गौतमलाई प्रहरीले पाँचखपन ८ बाट शुक्रबार पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको हो। प्रहरीले विप्लव कार्यकर्ता गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम लामाले बताए। प्रहरीले गौतमका साथ विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला १५ थान, सेप्टी प्यूज ९.९५ मिटर, नन्‍इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको थान एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तकहरू, एक थान मोबाइल र दुई थान सिमकार्ड फेला परेको संखुवासभा प्रहरीले जनाएको छ।

पाँचखपनमा चन्दा आंतक पछिल्लो समय पाँचखपनका जनप्रतिनिधिले विप्लव कार्यकर्ताले चन्दा आंतक मच्चाएको बताएका छन्। पटक-पटक फोनबाट चन्दा माग गरेको जनप्रतिनिधिले बताएका छन्। पाँचखपनका एक वडा अध्यक्षले नाम नबताउने शर्तमा भने हामी जनप्रतिनिधिलाई चन्दाका लागि पटक पटक फोनबाट धम्की आउने गरेको छ। उनले नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूलाई विप्लव कार्यकर्ताले चन्दा माग गरिरहेको बताए। ज्यान जोमिखमा भएका कारण हामीले खुलेर भन्न सकेका छैनौँ। हामीले चन्दा नदिएके कारण पाँचखपन नगरपालिकाको गाडी तोडफोड गरेका हुन् उनले भने। अज्ञात समूहले गत मंसिर १८ गते पाँचखपन नगरपालिका को. १ झ ५४० नम्बरको गाडी तोडफोड भएको थियो। पाँचखपनको वाना बजारबाट खाँदबारी नगरपालिका आउँदै गरेको गाडीलाई अज्ञात समूहले खेकुवा खोलामा आइपुगेपछि नियन्त्रणमा लिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया