यस्ता छन् कालो चामलको फाइदा

२० मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
55 Shares


काठमाडौं –  कालो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ । यस्तो चामल नेपालका सुपरमार्केटहरूमा सजिलै उपलब्ध हुन्छ । र, नेपालको होटेल तथा रेस्टुरेन्टमा पनि यसको प्रयोग बढ्दै गएको छ । चीनमा पनि कालो चामलको प्रयोग अत्यधिक मात्रामा हुन्छ ।कालो चामललाई जापान र कोरियामा सुसी बनाउन र इटालीमा रिसोटो बनाउने प्रयोजनमा प्रयोग गरिन्छ ।
यस्ता छन् कालो चामलको फाइदा

डाइबिटिजका बिरामीलाई कालो चामल निकै उपयोगी मानिन्छ ।

मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।

यस्तो चामलमा प्रोटिन, आइरन हुने भएकाले अरूको तुलनामा बढी शक्ति प्रदान गर्छ ।

शरीरलाई सन्तुलित राख्न तथा मोटोपनालाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।

क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।

कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ ।

सिामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५ ग्राम चिल्लो पदार्थ, ३४ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर, ५ ग्राम प्रोटिन र ४ प्रतिशत आइरन प्राप्त हुन्छ ।कालो चामललाई प्राकृतिक र परम्परागत ग्लुटिन फ्री ग्रेनका रूपमा लिइन्छ । यो चामल पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिने भएकाले यसको साइड इफेक्ट हुँदैन ।सिामान्य चामल तयार पार्दा यसलाई पोलिस गरी रिफाइन गरिन्छ । जुन स्वास्थ्यका लागि त्यति धेरै राम्रो मानिँदैन । यस्तो चामलको बोक्रा मात्र छिल्ने भएकाले पनि बढी स्वस्थकर मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…