गुल्मीको मुसिकोट नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी-गुल्मीको मुसिकोट नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित ढोडेनी बगर सहिद पार्कमा सम्पन्न गरिएको कार्यक्रममा उपस्थित नगरबासीहरुले सोधका प्रश्नहरुको जवाफ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले दिएका थिए ।मुनपा ५ का हिरालाल अर्यालले आँपचौर देखी वामी केन्द्र सम्म आउन यातायातको सास्ती भएको कारण नगर यातायात चलाउन नगरपालिकालाई आग्रह गरे ।नगरप्रमुख सोमनाथ सापकोटाले हाललाई नगर यातायात सञ्चालन गर्न समस्या हुने भन्दै अटो तथा भ्यान ट्याक्सीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकिने बताए ।

कार्यक्रममा उपस्थितहरुले सडक अत्यन्तै धुलाम्य भएको, भुकम्प पीडितले पुर्ण किस्ता पाउन नसकेको, विद्यालयहरुमा दरबन्दी अपुग भएको, शिक्षकले राजनीति गरेको र उनीहरुले आफ्ना बालबालीकाहरुलाई निजि विद्यालयमा पढाउने गरेको, बिकासका काम समावेशी नभएको, अनुगमन प्रभावकारी नभएको, बसाइसराई समस्या बढीरहेको, कर्मचारी नियुक्ती समावेशी नभएको, बाँदर नियन्त्रण नभएको लगायतका बिषयमा प्रश्नहरु उठाएका थिए ।नगरप्रमुख सापकोटाले अहिले सबै भुकम्प पीडितले रकम पाएको, विद्यायलहरुमा हाल थप दरबन्दी दिन लागीएको, अनुगमन प्रभावकारी बनाउने नीति लिइएको, सडक ब्यबस्थित बनाउने काम भइरहेको लगायतका बिषयमा जानकारी दिए । बसाइसराइ समस्या बढिरहेको बताउँदै उनले माथी गाँउमा आफुहरुलाइ बिकास गर्न जनताले आग्रह गर्ने र सोही अनुरुप आफुहरुले काम गरेपनि गाँउबासीहरु श्हर पस्ने गरेको बताए ।उनले भने, ‘नगरपालिकालाई विकास गाँउमा गर्न भन्नुहुन्छ, आफुहरु चाहि शहर पस्नुहुन्छ’ । उनले युवाहरुले लिएको अनुदानको पुर्ण सदुपयोग गर्न आग्रह गरे । नगरपालिकाले राख्ने सार्वजनकि सुनुवाइमा सहभागी भइ आफ्नो प्रश्न जिज्ञासा राख्न आग्रह गर्दै उनले ती जिज्ञासा र प्रश्नहरु अनुसार नगरपालिकाका कामहरु व्यवस्थित बनाउदै जाने बताए ।सार्वजनिक सुनुवाइमा नेपाली काँग्रेसका छाँया सरकार प्रमुख झविलाल भण्डारी, नेता मोहन घिमिरे, ऋषिराम भट्टराई, हिरालाल अर्याल, राजेश गुरुङ्ग, दुर्गादत्त खरेल, चुमा घर्ती मगर, कुलमणी खरेल, रुद्र खरेल लगायतले प्रश्नहरु राखेका थिए । भने नेकपामा नगर अध्यक्ष खुम बहादुर थापा, काँग्रेसका झविलाल भण्डारी लगायतले बोलेका थिए । नगरप्रमुख सापकोटा, उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारी तथा जनप्रतिनिधि र कर्मचारीहरु एवं नगरबासीहरु उपस्थिती रहेको कार्यक्रमको सञ्चालन पत्रकार जनार्दन घिमिरेले गरेका थिए ।