रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयद्धारा एक करोड बढिको संकलन

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी-बागलुङको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयले आर्थिक सहयोग संकलनबाटै १ करोड भन्दा बढिको आर्थिक संकलन गरेको छ ।गलकोट नगरपालिका ११ रिघा स्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयको लागि स्वदेश तथा विदेश र विभिन्न व्यक्ति तथा संघ संस्था समेतबाट गरि हालसम्म १ करोड, १०लाख रकम आर्थिक संकलन अभियान मार्फत संकलन गरिएको रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयका शिक्षक एवं महोत्सव प्रचार प्रसार समितिाका संयोजक नारायण पौडेलले जानकारी दिए ।

“प्रविधियुक्क्त गुणस्तरीय शिक्षा सुदृढ भौतिक पूर्वाधार हाम्रो इच्छा” भन्ने मुल नारा सहित विद्यालयले आफ्नो ६० औ बर्षमा प्रवेश गरेको अवसरमा आउँदो मंसिर २५देखि २९ गतेसम्म विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमहरु सहित विद्यालयमा हिरक महोत्स हुन गइरहेको छ । २०१६सालमा स्थापना भइआएको यतिबेला विद्यालयले हीरक महोत्सवको तयारीसँगै आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ ।