जनसेवकको आठ औँ साधारण सभा सम्पन्न

प्रकाशित मिति:

भैरहवा, मंसिर २१ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सोही सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी लेखा परिक्षक लक्ष्मण पौडेलले अब एउटै प्रकृतिको कारोबार गर्ने सहकारी मर्जर गरी संयुक्त रुपमा एकिकृत कारोबार गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउँदै सहकारीले मानिसको बचत गर्ने बानीको विकास गराएको बताए ।कार्यक्रममा संस्थाका अध्यक्ष शोभाकान्त नेपालले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष बसन्त भट्टराईले आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए भने सदस्य सीता दाहालको स्वागत मन्तव्य र उपाध्यक्ष जनकराज पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।