मुनलाइटमा स्वागत कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

भैरहवा, मंसिर २१ । प्रदेश नम्बर ५ मै आफ्नो छुट्टै पहिचान बनाउन सफल मुनलाइट आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीले नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य राजेशराज जोशीले विद्यार्थीले आफ्नो उन्नती र प्रगतिको लागि मुनलाइट विद्यालय रोजेकोले विगतका वर्षहरुमा विद्यार्थीहरुले उत्कृष्ट नतीजा ल्याएर विद्यालयको नाम अब्बल बनाएकोले आगामी दिनमा पनि त्यो नाम राख्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । मुनलाइटले विद्यार्थीलाई पठनपाठन सँग सँगै अतिरिक्त क्रियाकलाप गराउनुका साथै वार्षिक कार्ययोजना अनुसार नै स्वागत कार्यक्रम राखिएको प्लस टु संयोजक टिकाराम भट्टराईले बताउनुभयो । कक्षा १२ का सुग्रिम चाईको अध्यक्षता र कक्षा १२ कै विजय अग्रहरी र शुभम मिश्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २०७५ सालको कक्षा १२ मा प्रदेश टप गर्न सफल श्रुती मिश्रालाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो भने विद्यालयका विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।