समृद्ध नेपाल निर्माणको लागि बिकासको मुद्धालाई अगाडी सार्नु पर्ने: मन्त्री नेम्वाङ

प्रकाशित मिति:

कञ्चन/रुपन्देहीरुपन्देही जिल्ला कञ्चन गाउपालिका साबिक रुद्रपुर र गजेडीको बिचमा पर्ने कञ्चन नदी अन्र्तगत भैरमघाटमा कञ्चन ४ र २ जोड्ने पक्की पुलको निर्मण सम्पन्न भै आज नेपाल सरकार भैतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले उद्धघाटन गरेका छन ।२०७२ पुष ९ गते क्षेत्र नं। ५ का सांसद भरत कुमार शाहले पुल निर्माणको शिल्यन्यास गरेर निर्माण शुरु भएको सो पक्की पुलको निर्माण कार्य २०७६ साउन २९ सम्पन्न भएको औपचारिक उद्धघाटन आज भएको हो । पक्की पुलको उद्धघाटन गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री नेम्वाङले आफु मन्त्री बनेर बिश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी क्षेत्रमा आएर कञ्चनलाई जोड्ने पबित्र कामको शुभारम्भ गर्ने अवसरले कञ्चन नदी पुल जस्ता सयौं पुलहरु निर्माणको शिलन्यास र उद्धघाटन गरी समृद्ध नेपाल निर्माणको शुरुवात गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन ।

स्थानिय जनप्रतिनीधिहरु मार्फत स्थानिय,प्रदेश र केन्द्र सरकारमा बिकासको अपेक्षा सहित बिकास योजनाहरुको माग प्रति आफु सचेत हुने र ती योजनाहरुलाई कार्यान्वयन गर्न प्रतिबद्ध हुने बताउनु भएको छ अव भौतिक पुर्वाधारको बिकास संगै हरेक नेपाली नागरिकको आर्थिक उन्नतीका मुद्धालाई समेत अगाडी सार्नु पर्ने आवस्यक रहेको भन्दै रुपन्देही,कपिलबस्तु र नवलपरासी गरी करिब ७०÷८० वटा पुलहरुको उद्धघाटन गर्न बाकी भएको र अव समृद्ध नेपाल निर्माणको लागि नदी र भुइ पुल मात्र होइन अव एक डाडा देखि अर्को डाडा सम्म जोड्ने पुलहरुको समेत शिलन्यासको थालनी गर्नु पर्ने बताउनु भएको छ । फरक प्रसंगमा बोल्दै मन्त्री नेम्वाङले अव राजनैतिक मुद्धा भन्दा पनि बिकासका मुद्धालाई अगाडी सार्न सके समृद्ध देश हुने बताउदै अवको मुद्धा बैचारिकमा होइन समृद्ध देश निर्माणका लागि बिकासका मुद्धाहरुलाई अगाडी सार्नुपर्ने बताउनु भएको छ।यसैगरी राष्ट्रि सभा सदस्य खिमलाल भट्टराइले गैडहवाताल र दानापुर ताललाई लुम्बिनी संग जोडेर सडकको स्तर बृद्धि गर्न सके गैडहवा,कञ्चन र सैनामैनाको बिकासमा तिब्रता हुनेलुम्बिनीमा आउने पर्यटकहरुलाई गैडहवा र दानापुर तालमा आउने बाताबरण सृजना गर्नको लागि स्थानिय स्तरबाटै सकारात्मक पहल गर्नु पर्ने र त्यसको लागि आफुले जनता संगै हातेमालो गरेर अगाडी बढ्ने बताउनु भएको छ ।यसैगरी प्रद्श सभा सदस्य भुमिश्वर ढकालले कञ्चन,गैडहवा र सैनामैनाको धार्मिक तथा पयैटकिय स्थलहरुको सम्बर्ढन गर्न ती स्थानहरुलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको ।

बि।सं। २०७२ पुस ९ गते प्रतिनिधि सभा सदस्य भरत कुमार शाहले शिलन्यास गरेको सो पुलको ५ बर्षमा निर्माण सम्पन्न भएपछि पुलको उदघाटन गरिन लागेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख ईन्जिनियर मेघराज मरासिनीले जानकारी दिनु भएकोछ ।५ बर्ष अगाडी आ।ब।०७१र७२ मा ६ करोड २० लाख २५ हजार ४ सय एकासी ६८ पैसाको कुल बजेटमा ठेक्का लिइ निर्माण कार्य शुरु गरेको रायमाझी कन्स्ट्रक्सनले आ।ब।०७६र०७७ को साउन २९ गते निर्माण सम्पन्न गरेको हो मा निर्माण सम्पन्न गरेको हो।२०७४ माघ ३ गते ९२ बर्षमा पुल निर्माण सम्पन्न गर्नेगरी २०७२ साउन ३ गते सम्झौता गरि आ।ब।०७१र०७२ पुस ९ गते देखि निर्माण कार्य शुरु गरिएको भएपनि निर्माण सामग्री समयमै उपलब्धता नहुनु,कामदारहरुको अभाव र मौसम खराबका कारण निर्माण कार्य ढिला हुन गई थप ३ बर्ष पछि परेको रायमाझी कन्स्ट्रक्सनका भरतजंग रायमाझीले जानकारी दिएका छन।तर वि।स। २०७२ सालमा तत्कालिन संविधान सभाका सभासद भरत कुमार शाहले पुलको शिल्यनास गरेको र पुल निर्माणमा शाहको भूमिका महत्वपूण रहेको र उनै सांसद भएको समयमा उनैले काम सम्पन्न गर्न अहम भुमिका खेलेको सम्मानमा उनले नै पुलको उदघाटन हुनुपर्नेमा अहिले राजनीतिक दम्भका आधारमा मन्त्रीलाई उद्घाटनमा बोलाएको भन्दै नेपाली कांग्रेस समर्थित स्थानीयले कार्यक्रममा सहभागि नभै बिरोध जनाएका थिए । यसक्षेत्रका सांसद समेत रहेका प्रतिनिधिसभा सदस्य भरत कुमार शाह र प्रदेशसभाका सदस्य भूमिश्वर ढकाललले पुल उद्घाटन गर्नु पर्ने नेपाली कांग्रेसले माग राख्दै पुल उदघाटन स्थलमा बिरोध स्वरुप नेकपाको दम्भ मनस्थिति बिरुद्ध कालो झण्डा पर्दशन गर्ने भनिएको भएपनि कांग्रेसले कालो झण्डा भने पर्दशन गरेनन ।भैरमघाटमा पक्की पुल निर्माण सम्पन्न भए संगै कञ्चन गाउपालिकाका वार्ड नं।३,४ र ५ का स्थानिय तथा गैडहवा र लुम्बिनीका स्थानिय यात्रुहरुलाई बुटवल आउन जान सहज बनाएकोछ।