लायन्स मणिमुकुन्द युथद्वारा मधुमेह र रक्तचाप शिविर सम्पन्न

प्रकाशित मिति:

बुटवल /लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथद्वारा निशुल्क मधुमेह र रक्तचाप शिबिर सम्पन्न भएको छ । क्लबका अध्यक्ष लक्ष्मण कुवँरको अध्यक्षता र सचिव माधब ढकालको सन्चालनमा भएको कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष कृष्ण प्रसाद नेपाल लगायतले आफ्ना भनाई राख्दै यस प्रकारका कार्यक्रमहरु वर्ष भरि नै गर्दै जाने बताए । शिविरमा ९ सय ८३ जनाले परीक्षण गरेका थिए । बुटवल ११ देबिनगर चौपारीमा भएको कार्यक्रममा लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ सहयोगी संस्था रहेको थियो ।

लायन्स ईन्टरनेशनलको सहयोगमा डायबेटीज ग्रान्ट अन्तर्गत बर्ष भरि नै बिभिन्न क्षेत्रमा मधुमेह सम्बन्धी परिक्षण तथा जनचेतना सम्बन्धी कार्यक्रम गर्ने योजना रहेको छ ।