भैरहवामा कुंवर समाजको भवन शिलन्यास

२१ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
24 Shares


बुटवल/ कुंवर सेवा समाज रुपन्देहीले मायादेवी ८ भैरहवा रुपन्देहीमा समाजको भवन निर्माण गर्न लागेको छ । एक कार्यक्रम विच सनिवार ९६ वार्षिय वयोवृद्ध समासेवी नन्दलाल कुंवरले भवनको शिलन्यास गरे ।

करिव १ करोड लागतमा हल सहितको कार्यालय वनाउन लागिएको अध्यक्ष दल वहादुर कुंवरले जानकारी दिए । उक्त भवनमा राष्ट्यि विभूती विरवलभद्र कुंवर प्रतिष्ठानको कार्यालय समेत राखिने छ । कार्यक्रममा समाजका पूर्व अध्यक्ष प्रेमवहादुर कुंवर, समाजसेवी गुणदेव कुंवर, लुम्विनी फलफूल व्यवसायी महासंघका अध्यक्ष केशव कुंवर, हरिवहादुर कुंवर, लोकवहादुर कुंवर, आर्थिक समितिका नरवहादुर कुंवर लगायतले विरवलभद्र कुंवरको योगदानको चर्चा गर्दे कुंवर वन्धुहरुको एकता जरुरी रहेकोमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया