नेपाली काँग्रेसका महामन्त्री डाक्टर शसाङ्क कोइराला अाज रुपन्देही आउने

प्रकाशित मिति:

नेपाली काँग्रेसका महामन्त्री डाक्टर शसाङ्क कोइराला र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमूख सचेतक बालकृष्ण खाँण शनिवार रुपन्देही आउने कार्यक्रम रहेकाे छ ।

बिपि विचार राष्ट्रिय समाज रूपन्देहीको प्रथम अधिवेशनलाई सम्वोधन गर्न महामन्त्रि कोइराला र नेता खाँण रुपन्देही आउन लाग्नु भएको हो । कार्यक्रममा लेखा समितिका नवनिर्वाचित सभापति भरत कुमार शाह, काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक लगायतका नेताहरूकाे सहभागिता रहने समाजका अध्यक्ष शरद भट्टराईले जानकारी दिए ।
शनिवार दिउसो १ बजे बुटवल ८ स्थित होटल अमरपाली कटेजको सभाहलमा आयोजना हुने कार्यक्रममा सहभागि हुन काग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक संघ संगठनका नेता कार्यकर्ता तथा लोकतन्त्रबादीहरुलाई समाजले अाग्रह गरेकाे छ ।