चितवन अटो दुर्घटना:अटो दुर्घटनामा परि चितवनमा ५ को ज्यान गयाे

प्रकाशित मिति:

चितवन/चितवनको राप्ती नगरपालिका ५ मा भएको अटो दुर्घटना परि ५ जनाको ज्यान गएको छ ।इलाका प्रहरी कार्यालयका भण्डाराले दिएको जानकारी अनुसार चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा चेपाङ मार्ग हुँदै चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई पल्टिदा पाँच जनाको ज्यान गएको बताइएको छ ।दुर्घटना शनिबार साझ सवा ६ बजे भएको थियो । तिब्र गतिमा रहेका कारण अनिनत्रित भई पहाडमा ठोकिन पुगेको थियो ।

दुर्घटनामा.पर्बत जिल्लाको कुस्मा नगरपालिका पिपलटारीका बर्ष ३५ को श्याम प्रसाद तिवारी रहको मात्र पहिचान खुलेको छ ।अन्यको पहिचा खुल्न सकेको छैन गम्भीर घाइते भएकी एक जना महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको पनि पहिचान खुल्न सकेको छ्रैन ।