भारतीय हस्तक्षेपको विरुद्धमा एकता अवस्यक रहेको राष्ट्रिय जनमोर्चाका नेताहरुको जोड 

२१ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
33 Shares


बुटवल/ भारतीय हस्तक्षेपको विरुद्धमा आम नेपाली एक जुट भै संघर्षमा उत्रनु पर्नेमा राष्ट्रिय जनमोर्चाका नेताहरुले जोड दिएका छन् । सरकारले भारतसँग प्रभावकारी रुपमा कुटनीतिक पहल गर्नमा आलटाल गरेको भन्दै आक्रोस समेत पोखे ।राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीले आयोजन गरेको ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिपेक्षताको रक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने नेताहरुले अवको आन्दोलन सीमा रक्षा मात्र नभई राष्ट्रिय स्वाधीनताको हुने बताए । अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मनोज भट्टले कालापानी क्षेत्रलाई कुटनीतिक पहलबाट हुन नसकेको काम अव आन्दोलनको बलबाट गर्नुपर्र्नेमा जोड दिए । ‘नेपाली भूमि कब्जा गरी बसेको भारतीय सेनालाई फिर्ता पठाएर अतिक्रमित भूभाग फिर्ता गराउन सरकारले छिट्टै पहल कदमी चाल्नु पर्छ, उनले भने–‘अन्यथा भूमि रक्षाका लागि नेपाली नागरिक सडकमा आउने छन् ।’

अन्तरक्रियामा बोल्दै अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष बिमल पोख्रेलले देशको राष्ट्रियता रक्षाका लागि विद्यार्थीहरुले आन्दोलनको उभार ल्याउने बताए । अखिल छौठौँले आन्दोलन गरिरहेको स्मरण गर्दै उनले अझै पनि सरकारले कुटनीतिक पहल नगरे कडा संर्घषका कार्यक्रम सहित सडकमा आउने बताए ।त्यस्तै नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसीले राज्य सीमाको विषयमा गंभिर नहुनु दुखद भएको भन्दै सीमा रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताए ।अन्तरक्रियामा नेपाली काङ्ग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्रि न्यौपाने, देशभक्त जनतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष राम प्रसाद शर्मा, नेकपा (माले)का स्थाई कमिति सदस्य गोपाल मणि गौतम लगायतले बोल्दै राष्ट्रियता कमजोर भएका बेला सवै शक्ति एक हुनुपर्नेमा जोड दिए ।कार्यक्रम राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमको अध्यक्षता राष्ट्रिय जनमोर्चा रुपन्देहीका नेता नेत्र आचार्यको सञ्चालन र राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिब टान बहादुर खत्रीको स्वागत कार्यक्रम भएको थियो ।यस अघि भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा बुटवल उप–महानगरको आयोजनमा बुटवल देखि सुनौली नाकासम्म बाईक र्याली गरिएको थियो । भारतले नेपाली सीमा लिपुलेक, कालापानी लुम्पुवाधुरा क्षेत्रमा गरेको अतिक्रमणको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले बाईक र्याली र सुनौलि नाकामा पुगेर बिरोध सभामा परिणत भएको थियो ।यालीमा कालापानी, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड, मिचिएको भूमि फिर्ता गर, राष्ट्रियताको रक्षा गरौँ, हिमाल पहाड–तराई कोही छैन पराई, भारतीय साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?