समाजवादी पार्टीको प्रदेश वैठक दाङमा बस्दै

२१ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
595 Shares


बुटवल/ समाजवादी पार्टीको यही मंसिर २५ गते दाङमा हुने प्रदेश समितिको वैठकका एजेण्डा तय गर्न र हालै सम्पन्न उपनिर्वाचनको समीक्षा गर्न वैठक बसेको छ । प्रदेश ५ का पार्टीका केन्द्रीय सदस्यहरुको वैठक बुटवलस्थित प्रदेश कार्यालयमा बसेको हो । प्रदेश ५ का इन्चार्ज दानबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकमा आगामी पुस र माघमा प्रशिक्षण,संगठन सुदृढिकरण कार्ययोजना लगायतका विषयमा छलफल गरी एजेण्डा तय गरिएको प्रदेशका प्रमुख सचिव यज्ञ पोखरेलले बताए ।

वैठकमा प्रदेश अध्यक्ष अशोकमार यादव, प्रदेश सहइन्चार्ज कमल खनाल, नवीन सुनुवार, केन्द्रीय सदस्यहरु चिनक कुर्मी, देबेन्द्र पाण्डे, रामु यादव, बोम दर्लामी, कमला विश्वकर्मा, मनिकर कार्की, सुनिता काफ्ले, पंकज राई, छन्द पन्थी,खिमबहादुर विक,मुन्नालाल गुप्ता,अब्दुल रहमान खान लगायतका नेताहरुले आआफ्ना धारणा राख्दै संगठनलाई गाउं टोलसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया