लोकमानको पालाका ‘गुप्तचर’हरू अझै अख्तियारमै

प्रकाशित मिति:

काठमाडौँ / राष्ट्रिय अनुसन्धान विभाग मातहतका कार्यालयका सबै कर्मचारी दुईरदुई वर्षको कार्यकाल सकी फिर्ता भइसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरू अहिलेसम्म गएका छैनन्।उनीहरू अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीको पालादेखि अख्तियारमा डगमगाएर बसिरहेको बुझिएको छ। ‘कर्मचारीलाई राहत होस् भन्दै तलबबाहेक अन्य सेवा सुविधा आउने कार्यालयमा ६र६ महिनामा फर्किने गरी कर्मचारी खटाउन गुप्तचरभित्र आचारसंहिता नै बनाइएको छ’, स्रोतले भन्यो– ‘तर चिफ सापहरूसामु यस्ता आचारसंहिताको अनुगमन हुने कुरै भएन। यस्ता कार्यालयमा आफ्नालाई नै बढी जोड दिइन्छ।’

आयोगमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरू पठाउने चलन छ।तर उनीहरूलाई त्यो कामभन्दा मन्त्री, गृहमन्त्रालयका पदाधिकारी, गुप्तचर प्रमुख विरुद्ध भ्रष्टाचारका मुद्दा परेकोनपरेको, परेको भए कसले कुन विषयमा गरेको हो, जस्ता विषयको सूचना दिन लगाइने गरेको पाइएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छ।