भारतको एक खाद्य भण्डारमा आगलागी, ३५ जनाको मृत्यु

प्रकाशित मिति:

एजेन्सी/ भारतको दिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परि ३५ जनाको मृत्यु भएको छ । घटनामा परी १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।समाचार संस्था एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार घटनामा ३५ जनाको मृत्यु भएको छ ।घाइतेको लोक नायक अस्पतालमा उपचार गरिदै छ ।भारतीय सञ्चारमाध्यमका अनुसार खाद्य भण्डार रहेको एक घरमा आगलागी भएको थियो ।

आगो नियन्त्रणका लागि दमकलसहितका ३० भन्दा धेरै गाडीहरु खटिएका थिए ।आगलागी विहान ५ बजे भएको थियो । उक्त भवनको तेस्रो तलामा एक बेकरी रहेको छ ।बेकरीको माथिल्लो तलामा आगो लागेको थियो । जसका कारण पूरै भवन आगोको चपेटामा परेको थियो ।दिल्ली फायर सर्र्भिका उपप्रमुख सुनील चौधरीले भने,‘आगो नियन्त्रणमा लिइएको छ, ३० भन्दा धेरै दमकल अन्य गाडी राहत र वचाउ कार्यमा खटिएका थिए ।’