बलात्कार गरेको आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

प्रकाशित मिति:

काठमाडौं । आफ्नै स्टाफलाई बलात्कार गरेको आरोपमा एक स्वास्थ्य चौकी प्रमुख पक्राउ परेका छन्। रौतहटको सरुअठा स्वास्थ्य चौकी प्रमुख सुधीरकुमार सिंहलाई रौतहट प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो। कात्तिक १७ गते सिंहले स्वास्थ्य चौकीमै कार्यरत एक महिलालाई गौर बजार घुम्न जाउँ भन्दै मोटरसाइकलमा राखेर गौर लगेका थिए।पछि फर्कने बेला उनले स्वास्थ्य चौकी सरुअठामा लगेर ती महिलालाई रातभर बलात्कार गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिए। बलात्कार भएको भोलिपल्ट महिलाले उजुरी दिएपछि पक्राउ परेका सिंहमाथि बलात्कार कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। पीडित महिलाको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीले जनाएको छ।स्वाथ्यखवर वाट