सरकारले सीमा समस्या हल गर्न कुनै कदम चालेन : देउवा

प्रकाशित मिति:

बुटवल – नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला तथा साइकल/ह्वील चियर वितरण कार्यक्रमलाई शनिबार भैरहवामा सम्बोधन गर्दै देउवाले सरकारले सीमा समस्या हल गर्न कुनै पनि ठोस कदम नचालेको भन्दै सरकारका हरेक काम जनताको हित बिपरित भएको आरोप लगाए।

हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताए । देउवाले अब पार्टीमा बसिरहने र अन्तरघात पनि गरिरहनेलाई कारवाहीको आवश्यकता रहेको बताए। उनले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने भएकाले कारबाहि गर्नुपर्ने उनको भनाइ छ । अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता÷कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनुहुदैन्,कारवाही नभएसम्म पार्टी हार्दै जान्छ, उनले भने ।

“विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो, उनले भने । कास्की र दाङमा सहानुभुतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उनको भनाइ थियो । सरकारको मुख ताकेर मात्र नहुने भएकोले नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरले विपन्न नागरिकहरुलाई साईकल तथा ह्वील चियर वितरण गरेर रचनात्मक कामको सुरुवात गरेको भन्दै देउवाले प्रशंसा गरे ।