८२ वर्षीय वृद्धले गरे सम्बन्ध विच्छेद

प्रकाशित मिति:

अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–७, कवेलीका ईश्वरीप्रसाद खनालले ८२ वर्षको उमेरमा सम्बन्ध बिच्छेद गरेका छन् ।उनले ५७ वर्षीय कमल खनालसँग सम्बन्ध विच्छेद गरेका हुन् । जिल्ला अदालत अर्खाघाँचीमा उनीहरुले सम्बन्ध बिच्छेद गरेका हुन् । ईश्वरीप्रसादले कमलालाई दोस्रो पत्नीका रुपमा विवाह गरेका थिए ।

तर, १७ असार २०५६ मा विवाह गरेका उनीहरु १८ वर्षसम्म छुट्टा–छुट्टै थिए । दुई वर्ष मात्रै सँगै बसेर छुट्टिएका ईश्वर र कमलाले पछि अप्ठ्यारो नहोस् भनेर कानूनी प्रक्रिया पूरा गरेको कमलाकी बहिनी बिमलाले बताइन् । सन्तान जेठी श्रीमतीबाट सन्तान नभएको भन्दै ईश्वरीप्रसादले कमला सँग विवाह गरेका थिए ।