जापानी नागरिकको संस्थामा नेपाली अध्यक्ष

२२ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडाैं- नेपालको वेसबल खेल विकास गर्न २० बर्षदेखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्षमा चयन भएका छन्। जापानी नागरिकहरुको गै सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारणसभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो। यसअघि क्लबका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यवसायिक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्’बाट खेल्ने पहिलो नेपाली समेत हुन्।

यस्तै, क्लबको साधाराणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ। नेपालको तर्फबाट सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल र जापानमा रोजगारी गरिरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल छन्। क्लबको सल्लाकारमा २० बर्षदेखि क्लबको अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन्। २१ बर्षअघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलो पटक पोखरा सहरमा वेसबल खेलको सुरुवात गर्दै यस खेलको विकास र विस्तार गर्न संस्था स्थापना गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया