भ्वाइस अफ नेपाल जितेपछि राम लिम्बु ट्रफी लिएरै पहिलो पटक मिडियामा , बिदेशिन लागेको छोराको प्रगति देख्दा आमा रोईन्

प्रकाशित मिति:

काठमाडौं –  ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । शनिबार साँझ होलट हायातमा आयोजित अन्तिम स्पर्धामा उनी ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए । अन्तिमस्पधाको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो ।

विजेता लिम्बुले कार, म्यूजिक नेपालबाट एल्बम निकाल्ने अवसर लगायतका विभिन्न पुरस्कार हात पारेका छन् । लिम्बु कोच प्रमोद खरेललको टिममा रहेका थिए । दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेको प्रतियोगिताको फाइनल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण समेत भएको थियो । यसैबिच ट्रफी सहित राम लिम्बु मिडियामा आए र आफ्नो मःमः बेचेको देखि मिस्त्री बनेको कथासम्म सुनाए ।