विवाह पछि ऋचा भन्छिन् : ‘माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’

प्रकाशित मिति:

नायिका ऋर्चा शर्मा बैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले मसिंर २१ गते शनिबार लमिब मलका म्यानेजर दिपेक्ष विक्रम राणासँग लगन गाँठो कसेकी हुन् । ऋर्चाले हिन्दु परम्परा अनुसार प्रेमी दिपेक्षसँग विवाह गरेकी छिन् । उनीहरुले करिब दुई वर्ष लामो प्रेम सम्बन्धलाई बैवाहिक जीवनमा परिणत गरेका छन् । उनीहरुको विवाह समारोहमा दुवै पक्षका परिवार र केही निकट फिल्मकर्मी रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, रीमा विश्वकर्मा उपस्थित थिए ।

दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमान्सँगको तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’ उनको तस्बिरमा शुभचिन्तकहरुले विवाहको शुभकामना दिइरहेका छन् । ऋर्चाले हालै फिल्म ‘हिजो आजका कुरा’को छायांकन सकाएकी छिन् । भने उनी कमेडी शो ‘कमेडी च्याम्पियन’को निर्णायक रहेकी छिन् ।