तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न सिटौला नवलपुर आउँदै

प्रकाशित मिति:

नवलपुर – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृह तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला भोली नवलपुरको कावासोती आउनुहुने भएको छ । पत्रकार तिर्थराज भुसाल स्मृति त्रस्टले आयोजना गरेको पत्रकार तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य सिटौला कावासोती आउन लाग्नुभएको हो । स्व. पत्रकार तिर्थराज भुसालको दोस्रो स्मृति दिवसमा नवलपुर एफएमको प्रङ्गणमा विहान ११ बजे कार्यक्रम संचालन हुने पत्रकार तिर्थराज भुसाल स्मृति ट्र«स्टका अध्यक्ष झपेन्द्रश्वर भुसालले जानकारी दिनुभयो । कार्यक्रममा इकान्तिपुरको सम्पादक एवं साहित्यकार यज्ञशलाई सम्मान गरिने ट्र«स्टका अध्यक्ष भुसालले बताउनुभएको छ ।

नवलपुर एफएमका संस्थापक स्व.पत्रकार भुसालको २०७४ साल मंसिर महिनामा निर्वाचनको रिपोटिङ गरेर फर्कने क्रममा दुम्किवासमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । नवलपुर एफएमका कार्यकारी स्व. पत्रकार भुसालको सम्झनामा स्थापना गरिएको ट्र«स्ट मार्फत प्रत्येक वर्ष क्रियाशिल युवा पत्रकार एवं पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने मोफसल र केन्द्रका पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको ट्र«स्टका सचिव मुना दाहालले बताउनुभयो । पहिलो स्मृति दिवसमा पूर्वी नवलपरासीको त्रिवेणीबाट दुई दशक भन्दा अघिदेखि पत्रकारीता गर्नुभएका प्रेमचन्द्र रौनियारलाई सम्मान गरिएको थियो । सोमवार हुने स्व.पत्रकार तिर्थराज भुसाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहमा प्रदेश सांसद, जिल्ला तहका नेता, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल लगाएतको उपस्थिती रहने ट्र«स्टका सचिव दाहालले जानकारी दिनुभयो ।