गौरिकाकाे अर्काे कीर्तिमान, नेपाललाई ४४ औं स्वर्ण

प्रकाशित मिति:

काठमाडौं – गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी विधामा तेस्रो स्वर्ण जित्नुभएको छ । उहाँले पौडीको चारसय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गर्नुभएको छ । सातदोबाटोमा सम्पन्न महिला पौडीतर्फको चारसय मिटर फ्रि स्टाइलको दूरी गौरिकाले चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गर्नुभयो । उहाँले भारतीय पौडीवाज शिवांगी शर्मालाई पराजित गर्नुभयो । शिवांगीले उक्त दूरी चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पुरा गर्नुभयो ।

उहाँ रजत पदकमा चित्त बुझाउनुभयो । श्रीलङ्काकी रमुदी सहाराले कास्य पदक जित्नुभयो । सहाराले चार मिनेट ४९ दशमलब १० सेकेण्डमा चारसय मिटर दूरी पौड्नुभयो । गौरिकाले स्वर्ण दिलाएसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ४४ स्वर्ण जितेको छ । शनिबारसम्म ४३ स्वर्ण जितेको नेपाललाई आइतबार गौरिकाले पहिलो स्वर्ण दिलाउनुभयो ।