वडाहरुमा १६ दिने अभियान तिब्ररुपमा मनाईदै

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली , दाङ – राप्ती गाउँपालिकामा चलिरहेको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत विभिन्न वडा कार्यालयहरुको आयोजनामा सरोकारवाला हरुलाई एकै ठाँउमा राखेर अभियान लाई निरन्तरता दिएको छ । अभियानको मध्य दिन तथा अन्तिम दिन तिर राप्ती गाउँपालिका वडा नं ५,६ ७ र ८ मा समेत वडाका जिम्मेवार मानिएका नागरिकहरुलाई छलफल, बहस र ¥यालीको माध्यमबाट सचेत बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको छ । वडा अध्यक्षहरु वडा नं ५,६ ७ र ८ का क्रमश गोबर्धन रावत, बेदप्रसाद चौधरी, विद्याशरण चौधरी र गोकर्ण बहादुर रानाको अध्यक्षता ,गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि को प्रमुख आथित्यता उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको चार स्थानको कार्यक्रममा टोलविकास संस्था, नागरिक समाज, महिला संजाल, विद्यार्थी, प्रहरी, निगरानि समुह, सहकारी, वन, विद्यालयहरुको सहभागीता रहेको थियो ।

सिसहनिया प्रहरी प्रमुख गोपाल कुमार मल्लले लैङ्गिक हिंसाका प्रकार अवस्था, रोकथामका उपाय, कानुनमा उल्लेखीत लैङ्गिक हिंसाका सजाय लगायतका बारेमा जानकारी दिनुभएको वडाहरुको कार्यक्रममा विलोचन चौधरी, विष्णु गुरुङ, सरीता पौडेल, रेशम थापा, सीता चौधरी, राम प्रसाद चौधरी, धन प्रसाद खड्का, तुलसी राम चौधरी, भिम लाल चौधरी, कमल नरायण चौधरी, निगरानी समूह संयोजक यशोदा चौधरी, लक्ष्मी महिला अध्यक्ष कुसुम चौधरी, पाटेशोरी चौधरी लगायतकाहरुले लैङ्गिक हिंसा रोकथाम तथा न्युनिकरणका बारेमा आफ्ना भोगाई तथा अवस्थका वारेमा बोल्नु भएको थियो । यसै क्रममा वडा नं ७ ले लैङ्गिक हिंसाका विरुद्ध को अभियान मा बालवालिकाको भुमिका विषयक बक्तित्वकला प्रतियोगीता शुक्रबार सरस्वती आ वि र सुभ दर्पन एकेडेमी मा आयोजना गरेको छ जसमा शुभ दर्पण एकेडेमीकी आशा चौधरी प्रथम, अरुण चौधरी दोस्रो तथा विन्दु चौधरी ले तेस्रो स्थान, सरस्वती आ वि मा मनिषा चौधरी प्रथम, अनिशा सुवेदि दोस्रो तथा शंगीता सुवेदि ले तेस्रो स्थान प्राप्त गर्नु भएको छ ।