कांग्रेसका नेताहरुमा नैतिकता र मानवीयता छैन : डा. राजन भट्टराई

प्रकाशित मिति:

काठमाडौं  – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कांग्रेसका नेताहरुमा नैतिकता र मानवीयता नभएको भन्दै कडा आक्रोश पोखेका छन् । प्रधानमन्त्री ओली विरामी भएको बेलामा उनको राजीनामा माग्नु गलत भएको उनको गुनासो पोखे । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘कांग्रेस नेताहरुमा मानवीय संवेदनशीलता छ त ? प्रधानमन्त्री ओलीको आगामी तीन वर्षसम्म कसैले पनि राजीनामा माग्न मिल्दैन् ।’ केही महिनाअघि कांग्रेस नेता तथा पूर्व मन्त्री गगन थापाले प्रधानमन्त्री विरामी भएकोले आराम गर्न दिनुपर्ने भन्दै राजीनामाको कुरा उठाएका थिए । उनले भने,‘देश र जनताप्रति गलत सन्देश दिने ?’

उनले नेपाल र भारतबीचको सीमा विवाद समाधानको लागि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने अडान पनि लिए । उनले भने,‘भारतसँग कुटनीतिक वार्ता हुन्छ ।’ नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को संयुक्त प्रतिवेदन भारतले बुझेन भने द्धिपक्षीय सम्बन्धमा गम्भिर अवस्था आउनेपनि भट्टराईको टिप्पणी छ । उनले भने,‘भारतले पहिले बुझ्छु भनेको हो, अहिले आएर बुझ्दिन भन्न पाउँछ ?’