पश्चिम नवलपरासीको सरावल ३ गोइनीमा  हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

नवलपरासी/नवदुर्गा किशोरी समुह सरावल ३ गोइनीको आयोजना तथा स्ट्रोम फाउण्डेशन नेपाल र एबीसी नेपालको सयुक्त सहयोगमा आइतबार हाजिरिजवाफ प्रतियोगिता गोइनीमा सम्पन्न भएको छ । समुहकी सचिव विष्नु कुमारी चौधरीको अध्यक्षता तथा जनता मावी सरावल २ मनरीका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष विनायक शर्माको प्रमुख आतिथ्यता एवं जनता मावी मनरीका शिक्षक अभिभावक संघका अध्यक्ष सत्य नारायण चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा समुह ए, बी, सी र डी गरि चार वटा किशोरीहरुको समुहको सहभागिता रहेकोमा समुह ए प्रथम, समुह बी द्धितिय, समुह डी तृतिय र समुह सी सन्तावना स्थान हासिल गरेको छ । सो अवसरमा विजेता समुहलाई शैक्षिक समाग्री सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा समाजसेवी सञ्जय मौर्य, सवांद किशोरी सहयोग समिति गोइनीका अध्यक्ष हरिलाल यादव लगाएत स्थानियबासीहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन जनता मावी मनरीकी शिक्षिका नन्दनी ढकालले गर्नुभएको थियो ।