पुस्तक व्यवसायी महासंघको अध्यक्षमा बस्याल

२२ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
20 Shares


बुटवल/नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघको अध्यक्षमा मनहरी बस्याल चयन भएका छन् । संघका अध्यक्ष नवनिधी पन्तले घरायसी कारण देखाई दिएको राजिनामा स्वीकृत गरि बांकी कार्यकालको लागि बस्याललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरिएको हो । महासंघको केन्द्रीय समितिको मंसीर २० र २१ गते लुम्बिनीमा सम्पन्न पांचौ पूर्ण बैठकले महासंघमा आबद्द जिल्ला शाखाहरु तथा प्रदेशहरुको साधारण सभा पौष मसान्तसम्म सम्पन्न गरि माघ २४ र २५ मा केन्द्रीय साधारणसभा तनहु जिल्लामा गर्ने निर्णय गरेको महासचिव दिवाकर घिमिरेले बताए ।

वैठकमा ब्यबसायीका ब्यबसायजन्य सीप र दक्षता अभिबृद्धि सम्वन्धी अभियान चलाउने,परिवर्तित पाठ्यक्रम अनुसार छपाइ हुने पाठ्यपुस्तकको रजिस्ट्रेशन समयावधि तथा मुल्य निर्धारण सम्वन्धमा नेपाल सरकारको शिक्षा विभाग एवं पाठ्यक्रम बिकास केन्द्र तथा सरोकारवाला निकाय सड्ग छलफल गरि आसन्न शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तकहरुको उपलब्धताको लागि पहल गर्ने निर्णय भएको छ । महासंघका सबै निकायहरुलाइ स्थानीय संघ संस्थाहरु संगको सहकार्य तथा एकल रुपमै भएपनि पठन संस्कृति अभियानको लागि सामाजिक रुपान्तरणको क्षेत्रमा सक्दो कार्य गर्न वैठकले आव्हान गरेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुँदै गुल्मीमा
  • अग्रज पत्रकार सेनानी गुप्ता रहेनन्
  • यि उपायले सजिलै भाग्छन् साङ्ला
  • लमहीमा डायलाईसिस सेन्टर शुभारम्भ गर्ने तयारी
  • युवा नेतृत्व विकास कार्यक्रममा छनोट भएकी छिन् नेविसंघ नेता बराल
  • मुसिकोट नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गर्नुपर्छ :अध्यक्ष तिमिल्सिना
  • पत्रकार के.सी.ले दिए मुसिकोटका विद्यार्थीलाई स्वीटर
  • रामनगर एकेडेमीले मनायो १३औ बार्षिक उत्सव एवं अभिभावक दिवस
  • अक्षर एकेडेमीले मनायो अभिभावक दिवस
  • अक्सफोर्डद्वारा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न